शिलान्यास गर्न मोतिपुर पुगेका अर्थमन्त्री बिष्णु पौडेलमाथि स्थानीयले नाराबाजी र ढुंगा प्रहार ।


काठमाडौं । औधोगिक कोरिडोरको शिलान्यास गर्न मोतिपुर पुगेका अर्थमन्त्री बिष्णु पौडेलमाथि स्थानीयले नाराबाजी र ढुंगा प्रहार गरेका छन् ।

ठूलो सुरक्षा घेराबीच मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गरे पनि उनले भाषण गर्न थालेपछि स्थानीयले स्टेजतर्फ ढुंगा प्रहार गर्दै उनीविरुद्ध नाराबाजी गरेपछि दुई मिनेट पनि भाषण नगरी कार्यक्रम टुंग्याएर हिडेका थिए ।

स्थानीयबासीको चर्को विरोधकाबीच अर्थमन्त्री पौडेलले औधोगिक कोरिडोरको शिलान्यास गरेर भाषण गरिरहँदा स्थानीयले माइकको लाइन काटिदिएपछि पौडेल बीचमै सम्बोधन छाडेर निस्केका छन् ।

अर्थमन्त्रीलाई भूमाफियालगायतका आरोप लगाउंँदै मञ्चको चारै तर्फबाट नाराबाजी र ढुंगा प्रहार गरेपछि ओली समूहका कार्यकर्ताले पनि जवाफमा ढुंगा प्रहार गरेका थिए । तर प्रहरीले दुबैतर्फबाट भएको ढुंगामुढा रोकेको थियो ।

त्यसअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले छोटो मन्तव्य राखेका थिए । आक्रोशित स्थानीयले अर्थमन्त्रीले शिलान्यास गरेको औद्योगिक क्षेत्रको शिलास्तम्भ र आयोजनासम्बन्धी जानकारी बोर्ड भत्काइदिएका छन् ।

मोतिपुर औधोगिक करिडोरका लागि अतिक्रमण गरेको ८१३ बिगाहा जमिनमध्ये २५० बिगाहा जमिनमा बिगत ५५ वर्ष देखि ३ हजार घर परिवार बस्दै आएका छन् ।
बिहीबार शिलान्यासका लागि तयार गरिएको मञ्च स्थानीयले भत्काइदिएपछि रातारात सशस्त्र प्रहरीले मञ्च खडा गरेर अर्थमन्त्री पौडेल शिलान्यास गर्न मोतिपुर पुगेका थिए ।

 


सम्बन्धित खवर