काठमाडौं : आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची सम्भावित कार्यक्रमसहित सार्वजनिक गरिएको छ ।
लगत्तै सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पनि सुनाउनेछन् । त्यसपछि सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम ९१० बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्ने कार्यसूची छ
सम्भावित कार्यक्रमको कार्यसूची सार्वजनिक गर्दै संघीय संसद्का महासचिव डा: भरतराज गौतमले बैठक सुरु हुनेबित्तिकै सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने जनाएक छन् ।
त्यसपछि विभिन्न अध्यादेश सदनमा पेस हुनेछ । सभामुखले सांसद तथा पूर्वसांसदहरूको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा छ ।