विप्लव समूहसंग कुनै पनि हतियार नभएको दावी ।


काठमाडौंः शनिबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेकपा विप्लव समूहका सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले आफूहरुसँग कुनै हतियार नभएको दावी गरेका छन् ।

सरकारसँग तीन बुँदे सहमतिका क्रममा हतियार व्यवस्थापनका कुरा कहीँकतै उल्लेख नभएपनि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला सो पार्टीले आफूहरुसँग कुनै हतियार नरहेको दावी गरेको हो।

राजधानीमा आयोजित कार्यक्रममा तपाईँहरूसँग भएको हतियार कहाँ छ रु भन्ने प्रश्नमा धर्मेन्द्र बाँस्तोलाले त्यो कुरा अहिले यहाँ गर्न जरुरी छैन भनेर जवाफ दिएका छन् । हामीलाई हाम्रो पार्टी हतियार लिएर लड्ने, हामीले भनेको सशस्त्र युद्ध पनि होइन । सशस्त्र विद्रोहको कुरा पनि होइन । हामीले भनेको त एकीकृत जनक्रान्ति हो । वैज्ञानिक समाजवाद स्थापना गर्नै हो । क्रान्ति भनेको आमूल परिवर्तन गर्ने हो । देश धनी भयो हरेक नागरिक धनी हुन्छ ।

उसो भए तपाईँहरूसँग आधुनिक हतियार नभए पनि सुतली बम त नि हैन भन्ने प्रश्नमा भने उनले उनले भने,‘हामीसँग हतियार छैन । हामीले हतियारको कुरा गरेको होइन् । हामीले गरेको कुरा एकीकृत जनक्रान्ति हो ।

रेभोलुसन भनेको वार होइन् । रिभोलुसन भनेको निरन्तर प्रक्रिया हो । एकीकृत जनक्रान्ति हो ।’

साथै आफूलाई पटक–पटक हिरासतमा राखिएपनि कुनै यातनाको अनुभव नभएको सुनाए । उनले भने, ‘मलाई त सम्मानपूर्वक व्यवहार गरियो । कतिपय कमरेडलाई टर्चर गरिएको कुरा आएको छ।

बरु, अस्ति अदालतमा प्रहरीले धरपकड गरेको हो । सरकारसँग भएको सहमतिमै कार्यकर्ता छोड्ने र मुद्दा फिर्ता गने कुरा छ । तीन बुँदे सहमतिको बुँदा नम्बर तीनमा त्यो कुरा उल्लेख छ । त्यो तुरुन्तै हुन्छ ।’

 


सम्बन्धित खवर