अन्ततः माधव नेपाल एमालेमै, प्रचण्ड माओवादी केन्द्रमै फर्किने भए ।


काठमाडौं : नेकपाको एकता खारेज गरेपछि प्रचण्ड( माधव समूहले अब पूर्वपार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रमै फर्किने निर्णय गरेका छन् ।

सर्वोच्च अदालतको फैसलासँगै एमाले र माओवादी केन्द्र अलग अलग भएर जाने भएका हुन ।
पेरिसडाँडामा बसेको प्रचण्ड–माधव नेपालको स्थायी कमिटी बैठकले एमाले एमाले र माओवादी अलग अलग भएर जाने निष्कर्षमा पुगेको नेता झलनाथ खनालले जानकारी दिएका छन् ।

एमालेले त जिल्ला जिल्लामा पार्टीको बोर्ड टाँगेर अलग अलग रुपमा जाने स्पष्ट संकेत आइतबारबाटै गरिसकेको छ । आजबाट माओवादी पनि अलग अलग जाने निर्णयमा पुगेको छ ।
खनालले पार्टीभित्रै संघर्ष गर्ने र सर्वोच्चको आदेशमा पुनरावलोकन पनि सँगसँगै गर्ने बताएका छन् ।

 


सम्बन्धित खवर