हट्यो नेकपाको बोर्ड राखियो माओवादीको बोर्ड प्रचण्डको तस्बिर सहित ।


काठमाडौंः सर्वोच्च अदालतको आइतवारको आदेशसँगै ब्यूँतिएको साविकको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र ले पार्टी कार्यालयमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्विर पनि राखिएको छ । यसअघि उक्त कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड थियो ।

एक कार्यक्रमबीच मंगलबार चितवनका नेता कार्यकर्ताहरूले साविक माओवादी केन्द्रको पार्टी कार्यालयमा नेकपाको हटाएर नयाँ बोर्ड राखेका हुन्।

यसअघि मंगलबार नै नेपाल कम्युनिष्ट पार्टी (एमाले)चितवनले पनि आफ्नो साविक पार्टी कार्यालयमा नयाँ बोर्ड राखेको छ ।
आइतबार सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेललाई दिएको थियो। त्यससँगै एमाले र माओवादी केन्द्र ब्यूँतिएका थिए।

सर्वोच्च अदालतले साविकका दुई पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्काउने निर्णय गरेपछि सोमबारदेखि अलग भएका छन्। दुवै दललाई निर्वाचन आयोगले मंगलबार पत्र पठाएर एकता गर्ने भए नयाँ नामसहित बोलाएको छ।


सम्बन्धित खवर