
काठमाडौं: आज देशभरका विभिन्न ठाँउमा असिना सहित पानि गरेको छ । यसरि परेको असिना पानिले पोखरामा पनि निकै ठूलो क्षति पु¥याएको छ ।
पोखरा परेको असिना पानीले तराकारी र फलफुल खेतीमा ठूलो क्षति पु¥याएको छ । बुधबार दिउँसो परेको असिना पानीले पोखरा र आसपासका क्षेत्रमा कृषकहरुले खेतबारीमा लगाइएको तरकारी बालीमा क्षति पु¥याएको हो ।
करिव एकघन्टा परेको असिना पानीले पोखरा–१७ को बिरौटा, छोरेपाटन र २२ को पुम्दीभूम्दी लगायतको क्षेत्रमा खेतबारीमा लगाएको तरकारी र फलफुल खेतीमा ठुलो क्षती पुगेको स्थानीयले जानकारी दिएका छन् ।
असिना पानीले तरकारी खेती बन्दा, काउली, काक्रो, घिरोलाका विरुवा, फुल फुलेका सुन्तला, एभोगाडो लगाएतमा क्षती पु¥याएको हो ।
ठाउँ ठाउँमा असिनाले ठुलो क्षती पुगेको किसानहरुको गुनासो छ । कति क्षती भयो भन्ने विवरण संकलन गर्न सुरु भएको कृषकको भनाइ छ । पोखराका २२ पुम्दीभुम्दीका किसान उमाकान्त बरालले आफुले ७ रोपनी क्षेत्रमा लगाएका तरकारी बाली असिनाले निमेट पारेको बताए ।
बरालको महोनस्वारा कृषि फर्ममा लागएको बन्दा, काउली, एक हजार बोट खुसार्नी, काँक्रो, आधामा लगाएको मुला, आधारोपनीमा लगाएको धनिया, सबैका तरकारी खेतीमा क्षती पु¥याएको बताए ।
उनले केहीसमय पहिले लगाएर झाँङ्गीदै गरेको तरकारी असिना पानीले ध्वस्त बनाएको बताए । कृषक बरालले एक वर्ष पहिले वीमाका लागि गएपनि निकै दुःख दिए पछि तरकारी खेतीका लागि विमा नगरिएको बताए ।
भएको जल तथा मौसम कार्यालयले जनाएको छ । प्री मनसुन मार्च १ देखि सुरु भएर जुन ९ सम्म जारी रहने जल तथा मौसम कार्यलय पोखराका प्रमुख राजारामप्रसाद ढकालले जानकारी दिए ।
प्री मनसुनको अवधिमा वायुमण्डलमा अस्थिरता हुने भएकाले दिउँसोमा घाम लाग्ने र बेलुकीपख पानी पर्ने सम्भावना रहन्छ ।