
नवराज लम्साल ।
जनता समाजवादी पार्टीको श्रद्धेय अध्यक्ष माननीय महन्त ठाकुरजी ले संबिधान संशोधन र संसद रेशम चौधरी लगायतको टीकापुर घटनाको राजवन्दीहरूको रिहाइको पहलकदमी लिन सरकारसंग बार्ता गर्न पार्टीको कार्यकारिणी सदस्य अनुभवी नेतादय सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई जिम्मेवारी दिएको घटनाले यतिबेला राष्ट्रिय राजनीति तातिएको छ ।
सम्मानित सर्वोच्च अदालतको आदेशले नेकपाको विघटन र ससस्त्र आन्दोलन गरिरहेको बिप्लव समूह शान्तिपूर्ण राजनीतिमा आएको यो बिशिस्ट समयमा तोकिएको वार्ता टोलीले कतै सत्तारूढदल संग सत्ता साझेदारीमा पनि छलफल चलाउने त हैन भनेर पनि आशंका व्यक्त गरिएको छ । यो स्वभाविक पनि हो । जनता समाजवादी पार्टी आफैमा अहिलेको अवस्थामा चौथो ठुलो दल पनि हो ।
यदि जनताको जनजिविकाको सवाल, मधेसको एजेन्डा र संबिधान संशोधन गर्न सरकार राजीहुन्छ तत्काल भने त्यो बिषयमा छलफल चलाउनु कुन अस्वभाविक बिषय हो र रु बार्ताको टेवुलमा बिषय प्रवेश हुन जरुरी पनि छ । श्रद्धेय अध्यक्षको यो निर्णयपछि पार्टी भित्र पनि विभिन्न अड्कलबाजी भईरहेको छ ।
कतिपय आफूलाई मूलधारको मिडिया भनेर दावी गर्ने मिडियाले समेत जनतालाई भ्रम पर्ने गरि पार्टीको अर्को अध्यक्ष उपेन्द्र यादव, बाबुराम भट्टराई, राजेन्द्र महत्तो, अशोक राई, राजेन्द्र श्रेष्ठ, शरदसिंह भण्डारी, महेन्द्र राय लगायतका नेताहरूलाई समेत थाह नदिईकन एकल निर्णय गरेको भनेर न्युज संप्रेषण गरेको अवस्था छ तर यो सत्य होईन ।
कतिपय नेता कार्यकर्ता हरू समेत अन्योलमा परेको देखिएको छ । कतै यहि कारणबाट जनता समाजवादी पार्टी फुटको चपेटामा परेर बर्वाध हुने त हैन भन्ने चिन्ता र चासोपनि देखिएको छ तर बिषय यसो हुँदै हैन । अहिले सत्तासाझेदारी भन्दा पनि विप्लव नेतृत्वको जेलमा रहेको कार्यकर्ताको सरकारले मुद्दा फिर्ता लिदा हाम्रो पार्टीको नेता कार्यकर्ता जो जेलमा हुनुहुन्छ उहाहरूलाई जेलमुक्त गराउने विधि र प्रकृयाको बारेमा बिशेष बार्ता केन्द्रीत हो भन्ने बुझ्नुपर्छ यसकारण यश प्रकारको नेतृत्वको निर्णयले पार्टीलाई एकढिक्का बनाउन र मधेस मुद्दालाई हल गर्नको लागि महत्त्वपूर्ण भूमिका खेल्नेछ भन्ने बुझ्न जरुरी छ ।
रेशम चौधरीको रिहाइ र संबिधान संशोधन त हाम्रो मूल एजेन्डा नै हो । हुन त प्रश्न गर्न सकिन्छ के संबिधान संशोधन प्रधानमन्त्री केपि ओलीको आदेशले हुन्छ रु यो सबैलाई थाह छ कि संविधान संशोधन गर्न दुई तिहाइ आवश्यक पर्छ तर यो बाहेक मधेसमा अन्य समस्याहरू छैनन त रु जो सरकारबाट पूरा गराउन पहल कदमी लिन जरुरत नभएको रु राजपाको छाता चुनाव चिन्हबाट चुनाव लडेर जनताबाट अत्यधिक मत सहित अनुमोधित भएको माननीय रेशम चौधरी यतिबेला जेलमा छन् ।

उनको रिहाइको लागि पहलकदमी लिनु पार्टी अध्यक्षको दायित्व भित्र पर्छ कि प्रदैन रु यश अर्थमा पार्टी अध्यक्षको हैसियतमा श्रद्धेय अध्यक्ष माननीय महन्त ठाकुरले पार्टीको अनुभवी नेताहरू सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णज्युलाई वार्ता गर्ने अख्तियारी दिनु अवस्य पनि बिवेकपूर्ण र पार्टीको हितमा छ । निर्णय असाध्यै समयसापेक्ष र सहि छ । हामीलाई यो कुरा पनि ज्ञात छ कि सरकार संग बार्ता र सहमति हुदैमा सबैथोक हुन्छ भन्ने छैन हामी पटक पटक ठगिएको छौ ।
यसकारण सहमति कार्यान्वयन तत्काल हुनुपर्छ अर्थात वर्तमान प्रधानमन्त्रीको भनाइमा हाताहाती, नगदानगदी हुनुपर्छ । हामीले बिर्सेका छैनौ यहि सरकारमा माननीय उपेन्द्र यादव संघिय समाजवादी पार्टीको अध्यक्ष को हैसियतमा उपप्रधानमन्त्री बनेर सरकार संग सहमति गरेर जानुभएको हो तर त्यो सहमति कत्तिको पालना भयो त रु पार्टीले, मधेसी जनताले र मधेस आन्दोलनले सरकारबाट के कुरा प्राप्त गर्न सक्यो त रु यसकारण यो बुझ्नु जरुरी छ कि सहमति मात्रै पनि केही होईन ।
सरकारलाई तत्काल सहमति कार्यान्वयन गर्न बाध्य पार्नु चाहिँ महत्त्वपूर्ण कुरा हो । वर्तमान समयमा जसपा नेपालले पार्टी भित्रको अन्तरविरोध, असमझदारीहरूलाई हल गर्दै पार्टीलाई अझ ससक्त बनाउदै संगठनलाई जनता प्रति जवाफदेही र जनउत्तरदायी बनाउदै इतिहासले सुम्पिएको अभिभारा पूरा गर्न हिजो सडकमा संगै रहेको आन्दोलनकारी शक्तिहरू, संसद पुनस्र्थापनाको लागि सडक संङ्घर्ष गरेको पार्टीहरू नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र संघ घनिभुत वार्ता र सहकार्य गरेर जनता समाजवादी पार्टीको श्रद्धेय अध्यक्ष सन्तनेता महन्त ठाकुरको नेतृत्वमा सरकार वनाउन तर्फ लाग्नुपर्छ ।
पार्टी ले छिटोभन्दा छिटो महन्त ठाकुरलाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्नुपर्छ । हिजो दिनहरूमा २१ वटा संसद भएको तत्कालीन राप्रपाको अध्यक्षदय लोकेन्द्र बहादुर चन र सूर्यबहादुर थापा प्रधानमन्त्री बनेको इतिहास साक्षी छ । हामी पनि काँग्रेस र माओवादि केन्द्र को प्रस्ताव र समर्थनमा सरकार बनाउन पहलकदमी गरौं । अनुभव, योग्यता, जनउत्तरदायीताको हिसावले नेपालको कुनै पनि सरकारको नेतृत्व गर्ने नेताहरू भन्दा कुनैपनि अर्थमा कम योगदान छैन माननीय महन्थ ठाकुरको एउटा साधारण मधेसी परिवारबाट राजनीतिक जीवनको सुरूवात गरेर पञ्चायती शासनको बिरूद्दमा लडेको, जेल नेल भोगेको मधेस र मधेसी जनताको लागि सबभन्दा बढी त्याग गरेको समकालीन नेतृत्व मध्धेमा खारिएको अनुभवी त्यागी नेता हुनुहुन्छ महन्त ठाकुर ।
उहाँको राजनीतिक इतिहास राष्ट्र, राष्ट्रियता, जनजिविकाको लागि जीवन समर्पण गरेका सदैब हिमाल, पहाड, मधेस, तराई को साझा नेताको रूपमा राष्ट्रिय अन्तरास्ट्रिय सबैतिर बाट पत्याएको नेता हुनुहुन्छ महन्त ठाकुर । माओवादी केन्द्रको नेता क। प्रचण्ड पटकपटक चमत्कारको कुरा गर्नुहुन्छ ।