बागलुङमा जिप दुर्घटना,एक मृत्यु ५ जना घाइते


काठमाण्डौं : पश्चिम बाग्लुङको तमानखोला गा.पा. २ खोलेसबाङमा जिप दुर्घटना हुदा मिना रसाईलीको घटना स्थलमै मुत्यू भएको छ ।

ग १ ज ५७०५ नम्बरको जिप बिहीबार दिउँसो तमानखोला गाउँपालिका २ को खोलेसबाङ स्थित सडकदेखि २ सय मिटर तल खस्दा तमानखोला २ की १४ वर्षीय मिना रसाइलीको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिए ।

अन्य घाइते ५ जनालाई उपचारका लागि पोखरा पठाइएको छ ।

घाइतेलाई हेलिकप्टरबाट उद्धार गरेर उपचारका लागि पठाइएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । घाइते अधिकांशको टाउकोमा चोट लागेको बुढाले बताए ।

 


सम्बन्धित खवर