
काठमाडौं: चर्चित नेपाली पप गायक तथा गीतकार हेमन्त शर्माको नयाँ गीत हेलो सिस्टर हेलो मिस्टर बजारमा सार्वजनिक भएको छ । हजारौ गीतमा आवाज भरिसकेका गायक शर्माका गीत निकै लोकप्रीय छन् ।
आउदै गर मालती आउदै गर न, माया त यस्तो होस् , मुल हौ भने रसाईदेउ, थाप न थाप हातैमा जस्ता लोकप्रिय गीतहरुले गायक शर्मालाई नेपाली सांगेतीक क्षेत्रमा स्थापीत गायकको रुपमा परिचित बनाएको छ ।
शर्माले आफ्नो सांगेतिक यात्रा पप गायकको रुपमा सुरु गरेतापनी पछाडि आधुनिक गीतमा पनी आफुलाई स्थापीत बनाएका छन् ।
बच्चापनमा अलि बढि हिन्दी गीत सुन्न रुचाउने गायक शर्माको सांगेतिक संर्घष भने निकै चाख लाग्दो र अविस्मरणीय छ ।
चिटिक्क परेर हिँड्नु र मुसुक्क हाँस्नु उनको विशेषता हो । व्यस्तता होस् या नहोस् दर्शक र शुभचिन्तकलाई दिने माया र प्रतिक्रियामा कमी नै आउँदैन ।

सम्बन्धलाई न्यानोपनामा संगालेर राख्न सिपालु उनी कुनै राप र तापमा परिएला कि भनेर चिन्तित हुँदैनन् ।
माया साह्रै महङ्गो बोलको गीतबाट चर्चामा आएका गायक शर्माका धेरै गीत आशुँ चुहाईदिने छन, संगीतलाई दैनीक जीवनशैली संग लेखाजोखा गरेर गीत बनाउने गायक शर्माले बच्चादेखि बृद्ध सम्मका मन जितेका छन् ।
जीवनका वास्तविक भोगाई हरुलाई शब्द मार्फत पात झै उनेर आर्कषक माला नै गीत बनाउन सक्षम गायक हेमन्तका पछिल्लो समय भने केही रंगीला र डान्सिङ आईटमका गीतहरु सार्वजनिक भएका छन ।
केही दिन अगाडि मात्रै गायक शर्माको आफ्नै यूट्यूव च्यानल मार्फत नयाँ गीत हेलो सिस्टर हेलो मिस्टर सार्वजनिक भएको छ ।
गीतमा शब्द र संगीत स्वयं शर्माकै छ भने आवाजमा उनलाई गायीका समिक्षा अधिकारीले साथ दिएकि छिन् ।
समिक्षा पछिल्लो समयको निकै ब्यस्त गायीकाको सुचीमा पर्छिन ।
हलो सिस्टर यो बाटो कहाँ जाने होला ? भन्ने गायक हेमन्तको प्रश्नमा गायीका समिक्षाले दिनभर त्यहीँ रहने साझ परेसि कहाँ जान्छ आफुहरुलाई पनी थाहा नहुने जवाफ गीतमा सुन्न सकिन्छ ।
गीत विशेषगरि युवापुस्तालाई मध्यनजर गर्दै टिपीकल शब्दहरुको प्रयोग गरिएको हेमन्त शर्माको भनाई छ ।
हेलो सिस्टर हेलो मिस्टर बोलको यो गीतमा पछिल्लो समयको ब्यस्त, चर्चित नायक तथा मोडेल पल शाँह, रियासा दाहाल, गरिमा शर्मा र स्वयं गायक शर्माको अभिनय देख्न सकिन्छ । गीत हप्ता दिनमा तीन लाख ३९ हजार भन्दा बढिले हेरिसकेका छन।
हेलो सिस्टर हेलो मिस्टर भिडियो सहित