
काठमाडौंः सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएको नेकपा (एमाले)मा पहिलो औपचारिक बैठक नै नबसी अन्तरसंघर्ष चर्किएको छ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार आफू पक्षीय केन्द्रीय सदस्यहरूको बैठक राखेर नेता माधवकुमार नेपाल पक्षका नेताहरूको जिम्मेवारी खोसेको हो।
सोही बैठकले विवादपछि माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा बादलु सहित २३ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ।
कर्णाली प्रदेश इन्चार्जमा युवराज ज्ञवाली हटाएर यमलाल कँडेललाई तोकिएको छ।
बागमती प्रदेश इन्चार्चमा नेपाल पक्षकी अष्टलक्ष्मी शाक्यलाई हटाएर ईश्वर पोखरेललाई जिम्मेवारी दिइएको छ भने प्रदेश १ मा भीम आचार्यलाई हटाएर सुवास नेम्वाङलाई जिम्मेवारी दिएको छ।
बैठकले पार्टीको प्रवक्तामा प्रदीप ज्ञवालीलाई तोकेको छ
आजको बैठकले एमालेको विदेश विभाग प्रमुखमा राजन भट्टराईलाई नियुक्ति दिएको छ। उक्त विभागमा पहिला माधवकुमार नेपाल थिए।
त्यस्तै सुदूरपश्चिम प्रदेश इन्चार्जमा भीम रावललाई हटाएर लेखराज भट्टलाई जिम्मेवारी दिइएको छ।