बुटवलमा गायिका सबिता परियारले मच्चाइन धमका ।


काठमाडौं : राष्ट्रिय लोक दोहोरी क्षेत्रमा कला, गला र सम्भावना बोकेको पछिल्लो समयको चर्चित गायिका हुन सबिता परियार । कोभिड (१९ को कारणले लामो समयसम्म चपेटामा परेको क्षेत्र अन्तरगत रहेको लोक दोहोरी क्षेत्र अब बिस्तारै सामान्यिकरण तर्फ अगाडि बढेको छ । हाल विभिन्न ठाउँहरूमा मेला सञ्चालन हुन थालेको छ त्यसकारण कलाकारहरू को पनि व्यस्तता वढेको छ ।

तनहुँको एउटा निम्न बर्गिय परिवारमा जन्मेर विभिन्न संघर्ष गर्दै कला क्षेत्रमा आफूलाई स्थापित चर्चित गायिका परियार भन्छिन्  लोक दोहोरी क्षेत्र एउटा मौलिक र नेपालीपन भएको क्षेत्र हो यसले सबै श्रोताको मनमा छिटो स्थान बनाउन सक्छ ।

गाउँले जनजिवनलाई बिषय उठान गरेर माया( प्रेम दुखसुख सबै यसमा समेटिने भएकोले मिठो भाकामा मन्त्रमुग्ध पार्न सक्छ र हरेकलाई आफ्नै कहानी जस्तो लाग्न सक्छ ।

गायिका परियारको चार दर्जनभन्दा बढि गित नेपाली लोक बजारमा छ । तर सबभन्दा हिट भएको गीत चाहिँ गावैं रमाईलो दशै आउदा मनमा पिर भए नि यसै रमाईलोू नै हो । शिव हमालको यो गीतले यिनलाई गायिकाको रूपमा स्थापित गरेको हो ।

पछिल्लो समय विभिन्न जिल्लाहरूमा कार्यक्रम गर्दै हिडेकी गायिका परियार हिजो मात्रै बुटवलमा राष्ट्रिय दलित पत्रकार संघको कार्यक्रममा राजु परियार, पूर्णकला बिसि, सुनितामी परियार संग गीत गाएर सबैलाई भरपुर मनोरंजन प्रदान गर्नुको साथै बुटवलको दर्शकलाई नचाउन सफल भईन ।

चर्चित गायिका सबिता परियार सुदुर भबिष्य भएकी गायिका हुन । लोक दोहोरी क्षेत्रमा नयाँ नक्षेत्रको रूपमा स्थापित हुन सकुन भन्ने कामना ।


सम्बन्धित खवर