
काठमाडौं : दलाल पुजीवादी संसदीय व्यवस्थालाई अन्त्य गरौ, वैज्ञानीक समाजवादी क्रान्ति सम्पन्न गर्न अघि बढौं भन्ने मूल नारा संगै चितवनमा वैज्ञानीक समाजवादी कम्युनिस्ट पार्टी नेपालको राष्ट्रिय युवा भेला गठन भएको छ ।
आफ्नै समाजवादी अर्थतन्त्रको सुरुवात गर्दै वैज्ञानीक समाजवादी व्यवस्था प्राप्तिको महान लक्ष्यमा अघि बढ्ने संकल्प सहित युवाहरुको प्रथम राष्ट्रिय भेला गठन गरेको नव गठित समितिका अध्यक्ष लक्षुराम विश्वकर्माको भनाई छ ।
पार्टी संयोजक आहुती, पार्टीका केन्द्रिय सदस्य जागृत रायमाझी , केन्द्रिय सदस्य राजकुमार हिङमाङ , यम रसाईली लगायतका नेता तथा कार्यकर्ताको उपस्थितीमा सम्पन्न राष्ट्रिय भेला सोचे भन्दा उत्कृष्ट ढंगबाट सम्पन्न भएको महासचीव श्याम कुवँरको भनाई छ ।
भेलाले अध्यक्ष लक्ष्राम विश्वकर्माको नेतृत्वोमा ३५ सदस्यीय केन्द्रिय समिति निर्माण गरेको छ । जस्मा उपाध्यक्ष राम बहादुर नेपाली, सम्पर्क राई , महासचिवमा श्याम कुवँर, सचिव सरु हिङमाङ ,प्रदिप ढकाल र कोषाध्यक्षमा निश्चल परियार अग्रज छनोट भएका हुन ।
२८ र २९ गते गरि दुई दिन चलेको भेलाले वैज्ञानीक समाजवादी क्रान्ति सम्पन्न गर्न ईतिहासले दिएको जिम्मेवारी र यो राष्ट्रका निमिक्त महान शहिदहरुले मृत्यु सैयामा छट्पटाउदै देखेका सपना साकार गर्नमा आफुहरु निरन्तर लागी पर्ने नयाँ कार्यसमितिको भनाई छ ।

साथै अबको आवश्यकता भनेकै वैज्ञानीक समाजवाद भएकाले समाजवाद ल्याउन आफुहरु खटेर काम गर्ने प्रण गरेका छन । ससंदीय दलाल व्यवस्था बाट सृर्जित , भष्ट्रचार , महङ्गी , विकृति र राष्ट्रघाटी लगायतका गलत व्यवस्थाको विरुद्द पार्टी तथा संयुक्त रणनैतिक मोर्चाका् साथ र समन्वय गरि आफ्नो आन्दोलनका कार्यक्रमहरु आक्रमक रुपमा अगाडि बढाउने लगायतका उद्देश्य बोकेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।
वैज्ञानीक समाजवादी पार्टीले यतिबेला संगठन विस्तारको क्रमलाई देशव्यापी रुपमा अगाडी बढाएको छ ।