काठमाडौं: वीरगंज पर्सा प्रहरीले करणी गरी एक युवतीलाई गर्भ बोकाएको आरोपमा एक युवकलाई पक्राउ गरेको छ।
गत फागुन २१ गते परेको जाहेरीका आधारमा बारा, जितपुरसिमरा उपमहानगरपालिका वड नं १० बेहरा बस्ने वर्ष ३० का रमेश हजरा पासवानलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुखको भनाईमा उक्त युवकले एक १७ वर्षीया किशोरीलाई विवाह गर्छू भनी वीरगंजको एक लजमा पटकपटक करणी गरेको र हाल उक्त किशोरी गर्भवती भएको पुष्टि भएपछि परिवारजनले आवश्यक कारबाहीको लागि पर्सा प्रहरीमा जाहेरी दिएका थिए। यस विषयमा प्रहरीले म्याद थपेर थप अनुसन्धान अघि बढाएको छ।