के तपाईको ब्लड प्रेसर हाई भएर तवानमा हुनुहुन्छ ? यी जानकारी बारे जान्नुहोस्


काठमाडौं : अहिले धेरैलाई उच्च रक्तचाप अर्थात ब्लड प्रेसर हाईको समस्या देखिने गर्छ । अस्वस्थय जीवनशैली, आनीबानी र अल्छीपनाले नै मानिसहरुमा उच्च रक्तचापको समस्या देखिने गर्छ ।

हामीलाई मीठामीठो खानेकरा, सुर्तीजन्य तथा अन्य नशाको सेवन गर्नुपर्ने, विभिन्न मानसिक तनावमा रहनुपर्ने बाध्यता र शारीरिक व्यायामको कमीले ब्लडप्रेसरको समस्या बढ्दै गइरहेको छ ।

ब्लडप्रेसरको समस्या बढ्दै गएमा हार्ट अट्याक, प्रेसर हाई, प्यारालाइसिस मुटुरोग जस्ता समस्या पनि देखिन थालेका छन् । ब्लडप्रेसरको समस्याले पयारालाईसिस पनि निम्ताउन सक्छ । त्यसैले हामिले बेलैमा विचार गर्नुपर्छ ।

यदि हामिले कुनै तनाव नलिने, जीवनशैली तथा खानपानमा ध्यान दिने गरेमा यसलाई नियन्त्रण गर्न सकिन्छ ।
उच्च रक्तचापलाई नियन्त्रण गर्न यी केही टिप्सबारे जान्नुहोस्

.गाजर र पालुंगोको रस पिउने .पर्याप्त मेवा खाने
.सुन्तला र खरबुजाको सेवन गर्ने
. करेलाको जुस वा तरकारी बनाएर खाने
 .तरकारीमा केराउ खानु राम्रो हुन्छ
 .बिहान खाली पेटमा लसुनका दुइ पोटी र पानी पिउने
 .केरामा पोटासियम तत्व पर्याप्त मात्रामा हुने हुनाले यसको सेवन गर्ने
.अदुवामा रक्तसंचारलाई सन्तुलित गराउने एन्टीअक्सिडेन्टहरु पाईने हुनाले यसको टुक्रा मुखमा राख्ने
. धूम्रपान मद्यपान नगर्ने
. आधा गिलास पानीमा एक चम्चा मरीचको धुलो घोलेर तताएर २ घण्टा २ घण्टामा पिउने
. एक गिलास पानीमा आधा कागती निचोरेर दिनको ३।४ पटक पिउने
.१ चम्चा अमलाको रस र एक चम्चा मह मिलाएर खाने
. निमको पात थिचेको रस थोरै थोरै पिउने
.एक चम्चा मेथीका दानालाई एक गिलास पानीमा मिलाएर उमालेर मनतातो बनाएर पिउने
.गाजर र पालुंगोको रस पिउने
. घ्युकुमारीको रस बनाएर खाने कफी तथा कफीजन्य पदार्थको सेवन गनगर्ने
. योग, ध्यान नियमित गर्ने । ब्लडप्रेसर नियमित जाँच गर्ने

एजेन्सीको सहयोगमा………


सम्बन्धित खवर