७.६ प्रतिशतले बढ्यो निर्यात,


काठमाडौं । चालु आर्थिक वर्ष २०७७/८७ को सात महिनाको अवधिमा कुल वस्तु निर्यात ७.६ प्रतिशतले वृद्धि भएको छ । उक्त अवधिमा ६९ अर्ब ९२ करोड पुगेको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले यस्तो देखाएको हो । अघिल्लो वर्षको सोही अवधिमा २२ दशमलव ४ प्रतिशतले बढेको थियो ।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुक तर्फ क्रमशः १०.० प्रतिशत र ४.९प्रतिशतले निर्यात बढेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चीन तर्फको निर्यात मा भने ४७.७ प्रतिशतले कमी आएको देखिएको छ ।

वस्तुगत आधारमा सोयाविन तेल, अलैचीँ, जुटका सामान, पश्मिना, धागो (पोलिष्टर तथा अन्य) लगायतको निर्यात भने बढेको छ । तर, पाम तेल, दाल, जस्तापाता, जुस, तार लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७७/९८ को सात महिनामा कुल वस्तुको आयात ०.०१ प्रतिशतले वृद्धि भएको छ । यस अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड कायम भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३.६ प्रतिशतले आयात घटेको थियो ।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतमा ७.१ प्रतिशतले वृद्धि भएको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार चीन तथा अन्य मुलुकबाट भएको आयातमा क्रमशं १२.४ प्रतिशत र १०.८ प्रतिशतले कमी आएको देखिएको छ । बस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, एम.एस. बिलेट, सुन, दुरसंचारका उपकरण तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ ।

पेट्रोलिय मपदार्थ, हवाइ जहाजका पार्टपुर्जा, कच्चापाम तेल, अन्य मेसिनरी तथा पार्टपुजा, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

निर्यात तर्पm सुख्खा बन्दरगाह, विराटनगर, कैलाली, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयात तर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर, कैलाली र कन्चनपुर भन्सार कार्यालय बाहेकका नाका बाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७७/७८ को सात महिनामा कुल वस्तु व्यापार घाटा ०.७ प्रतिशतले घटी ७ खर्ब ३३ अर्ब ७३ करोड रुपैयाँ कायम भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५.३ प्रतिशतले घटेको थियो । समिक्षा अवधिमा
निर्यात–आयात अनुपात ८.७ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत रहेको थियो ।


सम्बन्धित खवर