नेपाली काँग्रेस जनताको जनमतविना सरकारमा जानु हुदैन उपसभापति : शिव सुनार


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

शिव सुनार नेपाली काँग्रेसका सक्रिय युवा नेता तथा नेपाली कांग्रेस सिन्धुपाल्चोक  उपसभापति हुन् । उनको जन्म २०२८ असार २८ गतेका दिन इंन्द्रावती २ जौडाँडा ९ साविक कुञ्चोक ३० स्थित बुबा मोतीबहादुर र आमा स्व। लक्ष्मी सुनारको कोखबाट भएको हो ।  मिजासिलो र शालिन स्वभावका उनी जेहेन्दार विद्यार्थी त थिदै थिए आफुले आँटेको र जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने गरेको सुनाए ।


सुरुदेखि नै नेपाली काँग्रेसको साधारण सदस्यबाट राजनीति सुरु गरेका उनले लोकतन्त्रमा विस्वास राखी निरन्तर देश, जनता र पार्टीको सेवा गर्दै आएका छन् । जिल्लाको तत्कालिन स्थानीय नेताहरुको प्रभाव र विपी, कृष्ण प्रसाद भटराई, गणेशमान सिंह लगाायतलाई पनि बुझ्ने  अवसर पाए । त्यसपछि झन म कांग्रेस प्रति प्रभावित भए उनले भने । विद्यार्थी भुगोल तथा संगठनबाट राजनीति सुरु गरेका हुन् । १६ वर्ष अध्यापनमा बिताएका उनले हाल पुरै राजनीतिमा सक्रिय रहेका छन् । अध्यायनपनका क्रममा माओवादी जनयुद्धमा विस्थापित समेत हुनुपरेको थियो ।  १२ र १३ औं महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित उनी पार्टी जिल्ला उपसभापति रहेका छन् । साथै राजनीति तथा समाजसेवामा आफु भनेर आउनेलाई हमेसा सहयोग गर्दै आएको छु  हामीसंग कुरा गर्दै भने ।

उनी पार्टीको एक इमान्दार सिपाही हुन् भन्दा फरक पर्दैन । नेपाली जनताले दुई तिहाई मत दिएर कम्युनिष्टहरुलाई सत्तामा पुर्याए तर देश र जनताको लागि केही गर्न सकेनन् । अब उहाँहरुले कसैलाई दोष दिने अवस्था छैन ।

पार्टीको अधिवेशन नजिकिदै छ, क्रियाशील सदस्यता र पार्टीको अवस्था के छ नेपाली काँग्रेसको ?

पार्टीको क्रियाशील सदस्यता वितरण र नविकरण टुंगिएको छैन । जिल्लामा हाल पार्टीका नेताहरुबीच एकता हुन नसक्दा यस्तो अवस्था देखा परेको हो । एकाध चुनावहरुमा पराजित भएपनि हामी कमजोर छैनौ । अहिले हामीले पार्टीलाई एक ढिक्का बनाउनुको साथै संगठन मजबुत बनाउने अभियानमा छौं ।

महाधिवेशनमा तपाईको दाबी के हो र?

मैले अहिले नै केही दाबी गरेको छैन । पार्टी भित्र छलफल भईरहेको छ । यसमा जिल्ला पार्टीले मेरो आवश्यकता ठान्छकि ठान्दैन त्यसमा भर पर्दछ । अग्रज नेता, कार्यकर्ता तथा प्रतिनिधिहरुले जे भन्नु हुन्छ म त्यही गर्छु । अहिले नै भन्न सक्ने अवस्था छैन ।

पार्टीको कुन कुन संगठनमा बसेर काम गर्नु भयो ?
२०४४ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेको हुं । बहुदल आएपछि गाउँ इकाई समिति सचिव भएं । २०४७ देखि नै अध्यापनमा रहें । अध्यापनका क्रममा जातीय हिसावले विभिन्न आरोह अवरोहहरु भए । त्यसलाई मैले सफलता पूर्वक सामना गरे त्यो सबैले चित्त बुक्ष्ने गरि काम गरेर ।
स्मंरण गरे पञ्चायतमा माओ तथा कम्युनिष्टका किताबहरु सबैतिर पाईन्थे । तर कांग्रेसका किताबहरु भेटिदैनथे । किनकि कांग्रेसलाई अराष्टिय तत्व भनिदो रहेछ । एक पटक मलाई पनि त्यस्तै पर्यो । नेविसंघको वुलेटिन हुनुपर्छ सन्देश भन्ने म्यागेजिन लिएर घर जांदै थिए तत्कालिन प्रधानपञ्चले त्यो किताव देखे र हेरे पनि अनि उनले भने बाबु यो पढ्नु हुदैन यिनीहरु त अराष्टिय तत्व हुन् भने जुन कुरा मेरो बुबालाई पनि भनेछन् ।

बुबाले मलाई त्यसो नगर भनेर सम्झाउनु पनि भयो । तर मलाई झन् जिज्ञासा बढेर गयो । अहिले आएर म के सम्झन्छु भने दरबार तथा पञ्चायतको कम्युनिष्टहरु साथ रहेछ । त्यसरी म कलिलो उमेरमै म कांग्रेसमा सक्रिय भएर लागें र पार्टीले पनि मुल्यांकन गरिरहेको छ । नेविसंघ हुंदै इकाईबाट राजनीति सुरु गरे । ०५४ सालमा नेपाल शिक्षक संघको जिल्ला समिति सदस्य समेत बने ।
पार्टीको जिल्ला सम्वनय समिति विभाग, ०६८ मा केन्द्रीय दलित विभागको सदस्य सचिव भएर काम गरें । निती तथा अध्ययन प्रतिष्ठानको सदस्य, नेपाल दलित संघको महाधिवेशन प्रतिनिधि रहेको छु । १२ र १३ औं महाधिवेशनबाट महासमिति सदस्यमा निर्वाचित भएं । ०७४ माघमा पार्टीको जिल्ला उपसभापतिमा मनोनयन भएं । मेरो नाममा सबैको सहमति भएको थियो । अहिले पार्टीको समावेशी सिद्धान्त अनुसार चलिरहेको छ ।सिन्धुपाल्चोक पार्टीले चुनावमा किन हा¥यो ?
चुनाव हार्नुको मुख्यतः तिन वटा कारण रहेका छन् । पहिलो वाम गठबन्धन, टिकट वितरण विवाद रहित हुन नसक्नु, अर्का काँग्रेसको एउटा रोग सबैलाई थाहा छकि पार्टीभित्रकै अन्तरघात । टिकट वितरणमा एकरुपता नहुंदा स्थानिय तह चुनावमा केही कमजोर भएका छौं । प्रदेश अन्तर्गत निर्वाचन क्षेत्र २ ख मा हामीले जितेको अवस्था छ । आगामी दिनमा बलियो रुपमा प्रस्तुत हुन्छौ ।

हाल नेपाली राजनीति कसरी अगाडि बढिरहेको छ ?

खासमा नेपाली राजनीति पुरै फोहोरी खेलमा दुबेको छ । कम्युनिष्टहरुले देशलाई वर्वाद बनाईरहेका छन् । अझ संसद विघटन गरेर देशलाई अनिर्णयको भूमरिमा फसाउदै थिए तर सम्मानित सर्वोच्च अदालतले जोगाईदियो । सर्वहाराको कुरा गरेर जनतालाई गरिब बनाईरहेका छन् ।
उनीहरुले राजनीतिलाई पद र पैसा कमाउने मेलो मात्र बनाएका छन् यसको सबै देशभक्तहरुले भण्डाफोर गर्न जरुरी भईसकेको छ । वास्तवमा पुरानो राजनीतिलाई बिश्लेषण गर्ने हो भने अहिलेको राजनीति केही पनि होईन रहेछ । विपीले जस्तो संघर्ष अहिले नेता वा तपाई हामीले गर्न सक्दैनौ । तत्कालिन राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात गरे ।
त्यस्तो अवस्थामा पनि कहिंकतै विचलित नभई जिवन पर्यान्त संघर्ष गर्नुभयो । उनैले जन्माएको पार्टी देशको ठुलो प्रजातान्त्रिक पार्टी बनेको छ । त्यस्तो गौरवशाली पार्टीको सिपाही हुन पाउंदा गर्व महसुस हुन्छ । यद्यपी पार्टीले धेरै कुरा  सुधार गर्न आवश्यक छ । साथै, अहिलेको राजनीति शुद्धिकरण आवश्यक छ । सबै र सबैलाई अट्ने काँग्रेस बनाउन आवश्यक छ । यसमा नेतृत्वको ध्यान पुग्न जरुरी छ ।

 नेपाली काँग्रेस झन किन यति कमजोर ?

नेपाली काँग्रेसले आफु हारेर पनि संधैं देशलाई जिताउंदै आएको छ । नेपाली काँग्रेस जन्मेदेखि आजसम्म के कति संघर्ष ग¥यो तपाई हामी सबैले देखे, सुने बुझेकै छौं । २००७ देखि पञ्चायत फाल्ने आन्दोलनदेखि लिएर दुईवटा जनआन्दोलन हुंदै आज देशमा जुन राजनीतिक परिवर्तन भएको छ, त्यो काग्रेसको कारणले मात्र सम्भव भएको हो । सुशील कोइरालाको नेतृत्वमा संविधान बनायौं ।

काँग्रेसले देश र जनताका लागि निरन्तर संघर्ष ग¥यो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा हार्दैछौं भन्ने थाहा हुंदाहुदै पनि देशले निकास पाउनुपर्छ भन्ने हेतु सहित गिरिजाप्रसाद कोइरलाले चुनाव गराउनुभयो । यस पटकको चुनावमा पनि हामीले त्यसै गर्यौ।
बल्लतल्ल आएको संविधानलाई कार्यान्वयन र संस्थागत गर्नुपर्ने अवस्था थियो । आज वाम गठबन्धनले दुनियाँ कुरा गरेर संसदमा दुईतिहाई त ल्याए तर देश र जनताका लागि के गरे त रु संविधान कार्यान्वयन कहाँ पुग्यो रु विभिन्न काण्डहरु कहाँ पुग्यो रु सुशासनमा सरकार कहाँ छ रु तर सरकार कानमा तेल हालेर बसेको अवस्था छ । एत्रो कोरोना रोग चलिरहँदा जनताले राहत पाउने भन्दा पनि स्वस्थ्य सामग्री खरिदमा भ्रष्टाचारमा गरे । त्यसैले हामी कमजोर छैनौ, चुनावमा हारजित त भईरहन्छ ।  तर कांग्रेसभित्रको आन्तरिक द्धन्द्ध पनि कहिल्यै रोकिएन र?

काँग्रेसभित्रको गुठउपगुठको कुरा उठाउन खोज्नु भएको होला । नेपाली काँग्रेस एक मात्र पुरानो प्रजातान्त्रिक पार्टी हो । यस पार्टीमा सबैलाई आफ्नो कुरा राख्ने स्वतन्त्रता सबैमा छ, त्यसैले लोकतन्त्रको लागि आन्दोलनको नेतृत्व ग¥यौं । तर हामी नै अराजक बन्यौ भने यसको फाईदा अरुले लिन्छन् लिईरहेका छन् ।
कम्युनिष्ट पार्टीमा जस्तो बोल्नमा बन्देज छैन, हुंदैन । ठुलो पार्टी छ, मनमुटाव हुन्छन्, गुठहरु हुन्छन् । प्रजातन्त्रको सुन्दरता पनि त्यहि हो । आखिर अधिवेशनमा प्यानल हुन्छन्, एउटाले जित्छ, अर्कोले हार्छ । हार्नेले आफ्नो पोजिसन देखाईरहनु ठिकै हालो तर पार्टीलाई घाटा हुने गरी नेताहरु चलिरहंदा आम कार्यकर्ता, शुभचिन्तक, जनता दुखी हुनु स्वाभाविक हो । त्यसैले आम नेता कार्यकर्ता सच्चिन जरुरी छ । यसमा सवालमा तपाईको प्रश्न ठिकै छ ।

काँग्रेसले वाम सरकारको निरन्तर विरोध मात्र गरिरह्यो नि ?

विरोधको नाउँमा विरोध गरिरहेका छैनौ । सडक सरकार उहाँहरुकै हातमा रहेको छ । भ्रष्टाचारका विभिन्न प्रकरण आए तर कारवाही भएन । प्रतिपक्षी दलका नेताहरु पनि विभिन्न प्रकरणमा सहभागी भएको कुरा आईरहंदा दुईतिहाईको सरकार छ, छानविन गरे भईहाल्यो नि त । उक्त कुरा हाम्रा नेताहरुले पनि भन्दै आउनु भएको छ । तर उहाँहरु काण्डै काण्डमा अल्मलिरहनु भएको छ ।
दुई तिहाईको सरकार छ, जनताको पक्षमा धमाधम काम गरेको भए हुने नि तर त्यसो गरेनन् पार्टी भित्रको आन्तरिक द्धन्द्धमा फसिरहनु भयो । उहाँहरुलेझै हामीले संसद अवरोध गर्ने, सडक आन्दोलन गर्ने, रेलिङ भाँच्ने काम त गरेका छैनौ । यस्तो सजिलो प्रतिपक्ष विश्वमा कहि पनि पाईदैन । राम्रा कामको समर्थन, गलत कामको संसदमा आवाज उठाउने काम त गरेका छौं । अहिलेसम्मको अवस्थालाई हेर्दा वाम सरकारको काम राम्रो छैन । त्यसैले हामी निरन्तर संगठन सुदृढिकरणमा केन्द्रित भएर काम गरिरहेका छौं ।

नेपाली कांग्रेसले पनि आफुले अवसर पाउँदा केही गरेन पनि ?

ल हामीले गल्ती गरेकै कारणले हामी भोट पाएनौ, कम्युनिष्टहरुले दुई तिहाई पाए । के कांग्रेसले जति पनि काम गर्न सकेन । हामीलाई दोष दिएर उम्कने ठाउँ छैन । उहाँहरुको पार्टी भित्रकै आन्तरिक द्धन्द्धले केही गर्न सक्नु भएन जुन कुरा उहाँहरुले नै भन्दै आउनु भएको छ । यो देशमा नेपाली काँग्रेस बिना कुनैपनि आन्दोलन र राजनीतिक परिवर्तन सम्भव भएको छैन । संविधानसभाबाट संविधान ल्याउन समेत नेपाली काँग्रेस नै चाहियो ।

अहिले कम्युनिष्टले भने जस्तो समृद्धि पनि काँग्रेसबाट मात्र सम्भव छ । उनीहरुलाई संसदीय व्यवस्थामा हाम्रै पार्टीले ल्याएको हो । समाजवाद, बहुलवाद र आर्थिक उदारवादको निती समेत हाम्रै हो । त्यसैले यो देशमा नेपाली काँग्रेस ठुलो योगदान र संघर्ष गरेको छ । आज गाउँ गाउँमा सडक पुर्वाधार पुगेका छन् । विद्युत, खानेपानी, शिक्षा, सञ्चार, वित्तिय संस्था आदिमा जुन प्रगति भएका छन्, ति सबै नेपाली काँग्रेसकै उदारीकरणको नितीले भएको हो ।
प्रसंगग बदलौं, दलित समुदाय माथि भईरहेको छुवाछुत र विभिन्न कारणले भईरहेको हत्याका घटनालाई कसरी हेर्नुहुन्छ ?

नेपालमा हजारौ वर्षदेखि जातीय रुपमा हिंसा हुने गरेको छ । जातपातका आधारमा हुुने अपराध पुरानै तर संघीय गणतन्त्र नेपालसम्म आईपुग्दा पनि मानव मानववीच यस्तो व्यवहार भईरहनु दुर्भाग्यपूर्ण रहेको छ । वास्तवमा जनावर जस्तो व्यवहार गर्ने गरिएको छ ।
अझ मुख्य कुरा के छ भने प्रेम सम्बन्धलाई समेत जातको आधारमा हेर्ने गरिएको छ । त्यति मात्र नभएर मानवता विर्सेर हत्या नै गर्ने काम भएको छ । बरु उल्टै जातीय कुरा गरेको भनेर आरोप आईरहेको छ । यस्ता गलत विचार राख्नेहरु प्रति मलाई दया लागेर आउँछ ।
आज अजित मिजार र नवराज विकको प्रेम विवाह गर्ने गर्ने क्रममा भएको हत्यालाई समेत जातीय आधार मान्न तयार छैनन् तर  जातीय आधारमै भएको घटना हो । नत्र प्रेम विवाह गर्न लागेकै आधारमा ज्यान गुमाउन पर्दैनथ्यो । सामाजिक विभेद विरुद्ध राज्यले हस्तक्षेपकारी भूमिका नखेलेसम्म यस्ता घटना घटिरहन्छन् । न्यायको पक्षमा बोल्ने कोही बोल्दैनन् । यसका लागि सम्पूर्ण दलित नेतृत्व तथा समुदाय एकजुट भएर आन्दोलन गर्नुको विकल्प छैन । र अर्को दलित शब्द नै हटाएर जानूपर्छ भन्ने मेरो मान्यता हो ।
२१ औं शताब्दीमा पनि मानिस मानिसबीच किन यस्तो विभेद ?
हुनत मानिसलाई सबै भन्दा सर्वश्रेष्ठ प्राणी भनिन्छ । त्यसैले सबै भन्दा पहिले मानिसले आफुलाई सर्वमान्य विचारमा ढाल्नुपर्दछ । मान्छेको मनमा रहेको पूरानो रुढीवादी संस्कारलाई त्याग्नू पर्दछ र हाम्रो मन दिमागबाट दलित भन्ने शब्दलाई हटाउनु पर्दछ र ऐनकानुनको पूर्ण पालना गरिनु पर्दछ ।
को के कुन जातको आघारमा वा धर्मको आधारमा लिंग वा वर्गको आधारमा मानवले मानवलाई हेला र हेपाई राख्नु हुदैन । सबै मानव एउटै हो भन्ने मानवीय धर्म वा मानवीय सिद्धान्त विकास गर्नु पर्दछ भन्ने मेरो विचार रहेको छ ।
यस्तो विभेदको उपज के होला ?

मनुस्मृति, मल्लकालिन धार्मिक तथा वर्ण व्यवस्था र त्यसलाई संस्थागत गर्दै राणा प्रधानमन्त्री जंगबहादुर राणाले १९१० मा मुलुकी ऐन नै जारी गरी जातीय तथा धार्मिक शासन चलाए । त्यसरी संसथागत भएको नेपालको जातीय शासन सत्ता आजको २१ औं शताब्दीमाा पनि उस्तै रहेको छ, विभेद हटेको छैन ।
त्यसैको ज्वलन्त उदाहरण हो, २०७७ जेठ १० गतेको घटना । रुकुम ९पश्चिम० चौरजहारीको सोतीमा भएको उक्त घटना जति निन्दा गरे पनि अपुग हुन्छ । जाजरकोटका नवराज विक रुकुमकी सुस्मा मल्लसंग विगत तीन वर्षदेखि प्रेममा रहेको र उनै प्रेमिकाले विवाहको लागि अनुरोध गरेपछि साथीहरु जम्मा गरेर उनी प्रेमिका लिन हिडें । तर विडम्वना उनको कदम विफल मात्र भएन उनी सहित ६ जनाको हत्या भयो ।
भेरी  ४ का २१ वर्षीय नवराज विक, चौरजहारी १ का २० वर्षीय टिका सुनार, भेरी ४ का २१ वर्षीय सञ्जु विक, १७ वर्षीय गणेश वीएम, भेरी ११ का १८ वर्षीय लोकेन्द्र सुनार र गोविन्द शाहीको लखेटी लखेटी स्थानीयद्धारा हत्या गरियो ।
संघीय लोकतान्त्रिक गणतन्त्रमा झन यस्ता घटना दोहोरिरहेका छन्, तर तपाईहरुले केही गर्न सक्नुभएन नि ?
देश संघीय लोकतान्त्रिक गणतन्त्र सहितको व्यवस्थासम्म आईपुग्दा पनि दलित समुदायलाई परिवर्तनले छोएको रहेनछ  । त्यसैले यस्ता घटना दोहोरिरहेका छन् ।
स्मंरण रहोस् पछिल्लो राजनीतिक परिवर्तन २०६८ पछि विभिन्न निहुमा १७ जनाले दलितले ज्यान गुमाउन पुगे । मानव मानव बीचमा पनि जातीय आधारमा यस्तो घटना हुनु अन्धविस्वास र जातीय शासन व्यवस्थाको पराकाष्ट हो । मानिसलाई प्रेम विवाह गर्न लागेकै आधारमा समाजले ठुलो जात र सानो जात भनेर त्यस्तो हुनु अहंकारवादी चिन्तन र घमण्ड रहेको प्रष्ट हुन्छ । त्यसैले यस्ता सामाजिक र जातीय विभेद विरुद्ध राज्यले हस्तक्षेपकारी भुमिका खेल्नु जरुरी छ ।
संघर्ष त दलित समुदायले निरन्तर गर्दै आएका छन् तर उपलब्धी देखिएन नि रु
हाम्रा पुर्खाहरुले इतिहासकालमा पृथ्वीनारायण शाहको एकिकरण अभियानमा दलित समुदायको तर्फबाट बिसे नगर्ची वाडगे सार्की लगायतले दिनुभएको योगदानदेखि नेपालको लोकतान्त्रिक आन्दोलनसम्म दलित सुमुदायले रगत पसिना बगाउनुको साथै नगन्य रुपमा शहिद भएका छन् ।
हाम्रै माओवादी आन्दोलनमा धेरैले पसिना बगाउनुको साथै शहिद भए । तर व्यवस्था परिवर्तन त भयो, शासक वर्गको मानसिकता बदलिएन । राज्यले कम्तीमा कानुन अनुसार यस्ता घटनाका दाषीलाई इमान्दार पूर्वक कारवाही गरिदिए मात्रै पनि दोहोरिने थिएनन् ।
विडम्वना राजनीतिक नेतृत्वको दबाब, मौन बसिदिनु र जिम्मेवार व्यक्तिहरुनै संलग्न हुनुले दोषीहरु उम्कीरहेका छन् । र रुकुम घटना पनि यसैको उपज हो । योजनाबद्ध रुपमा स्थानीय सरकार सहितको मिलेमतोमा घटना घटाईएको हो । मुख्य नेतृत्वहरु अथवा तीन वटै सरकार मौन रहनु, स्थानीय सरकार, नातावाद कृपावाद र शक्तिको आडमा यस घटना भएको हो ।
विश्वमै ठुलाले सानालाई हेप्ने चेप्ने किन भईरन्छ ? 

 मानव विकासक्रमलाई हेर्दा श्रमजिवी वर्गलाई कमजोर बनाउने र शोसक शासक वर्गद्धारा पिडित हँुदै आएको देखिन्छ । मुठिभर वर्गले उत्पीडित वर्गलाई निरन्तर शोषण गर्दै आएको छ । दलित भन्ने जुन समुदाय छ, उनीहरु समाजक्रमको हरेक पक्षमा श्रमसीपबाट समाज विकास र सभ्यतालाई सघाउनुको साथै सीप कलाको धनी मानव जातीलाई नै उनीहरुले योगदान दिदै आएको र आजको दिनमा पनि त्यो क्रम रोकिएको छैन र आउने दिनमा पनि रोकिने देखिदैन । किनकि राज्य गम्भीर देखिदैन ।
मैले माथिको हरफमा पनि भने कि मानिसले आफुलाई सर्वश्रेष्ठ प्राणी भन्दै आएको छ, जुन व्यवहारमा ढाल्नु जरुरी छ । अर्को दलित समुदाय एक जुट हुन आवश्यक भईसकेको छ । मल्ल्लकालिन समय, मनुस्मृति र धार्मिक तथा वर्ण व्यवस्थाको नेतृत्व गर्ने सन्की शासकबाट चलन चलाउँदै आए ।
त्यो गलत परम्परालाई निरन्तरता दिने काम अहिलेका शासकहरुको पनि उहि चिन्तन, प्रवृत्ति, अन्धविस्वास, परम्परावादी, सामन्तवादी सोच र कुप्रथाबाट ग्रसित छ । जसले यस २१ औं शताब्दीमा पनि विभिन्न रुपमा देखिने विभेदले विश्वलाई चुनौती दिईरहेको छ । तर यसको अन्त्य गर्ने कुनै खाका बन्न सकिरहेको छैन ।

सम्बन्धित खवर

अन्तर्वार्ता