अर्गानिक अभियानमा राज्य नै लाग्नू खुसीको कुरा हो अध्यक्ष : केबी सुब्बा


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
काठमाडौं । भावी पुस्ताहरुको लागि अर्गानिक सहितको पोषिलो आहार र दिगो कृषि उत्पादनमा जोड गर्दै आएका केबी सुब्बा झण्डै डेढ दशकदेखि सक्रिय रहेका छन् । सुब्बा अर्गानिक फार्म सञ्चालन गर्दै आएका उनी बृहत उद्देश्य सहित एस ग्रुप अर्गनाईजेशन नेपाल ९पब्लिक० को अध्यक्ष समेत रहेका छन् ।
जसलाई देशभर विस्तार गर्ने गरी अघि बढिरहेका छन् । मुख्यतः अर्गानिक सहितको उत्पादन, बजारीकरण गर्दै रोजगारी, कृषि र पर्यटनलाई जोड्दै देश र जनतालाई आत्मानिर्भर सहित राज्य स्थापना गर्ने र जिडिवीमा योगदान गर्नु रहेको सुनाए । उनी भन्छन्, हाल समृद्ध नेपाल, सुखी नेपालीको जुन नारा रहेको छ यदि यसलाई सार्थक रुप दिने हो भने आत्मानिर्भर सहित कृषि प्रणाली आवश्यक छ ।
विशुद्ध अर्गानिक उत्पादन र व्यापारमा जोड गर्ने गरी कम्पनी स्थापना भएको केबी सुब्बा बताउँछन् । एस ग्रुप अर्गनाइजेशन नेपाल ९पब्लिक०को भर्खरै प्रथम साधारणसभा सम्पन्न गरेका छौं  । साधारणसभाले ७ वटै प्रदेश, सबै जिल्ला, पालिका र वडासम्म हाम्रो अभियान र उत्पादन गर्ने लक्ष्य रहेको छ ।
वडाले उत्पादन, पालिकाले सम्वनय गर्ने, जिल्लाले बजार व्यवस्था गर्ने, प्रदेशले देशै भरिको बजारको खोजी गर्ने र केन्द्रले सातै प्रदेश र देश विदेशमा बजारको खोजी गर्नुपर्ने निर्णय गरेका छौं । त्यसका लागि हामी सबैतिर सम्वनय गरिरहेका छौं । अर्गानिक ज्ञान, सीप, दक्ष जनशक्ति, विज्ञहरुको सहभागीतामा कार्यभार पूरा गर्न मा जुटेको छ । अर्गानिक पोषणयुक्त खाने कुरा कसरी उत्पादन गर्न हुन सक्छ भन्ने कुरामा निरन्तर लागेको कुराकानीका क्रममा उनले सुनाए ।
हाम्रो पहिलो अभियान खाने कुरामा जुन विषयुक्त रहेको छ त्यसलाई रोक्ने नै हो । हामीले सम्पूर्ण प्रकारको अर्गानिक खाद्यन्न, हरियो तरकारीहरु, फुलफुलहरु, दुध, मासु ९पोल्टी्र० लगायतको उत्पादन गर्ने र उपभोत्तासम्म पु¥याउने काम गर्दै आएका छौं । साथै रैथाने उत्पादन सम्वन्धी खोजतलास समेत गरिरहेका छौं । आधुनिकता अनुसार थोरै ठाउँमा पनि कसरी उत्पादन गर्न सकिन्छ भनेर अध्ययन अनुसन्धान गरिरहेका छ ।
कृषिका लागि हाम्रो अर्गानिक अभियान निकै महत्वपूर्ण रहेको छ । अर्गानिक उत्पादन निकै गाह्रो रहेको छ र अझ उपभोक्तासम्म पुर्याउन झन निकै गाह्रो रहेको छ । हामीले १५ वर्ष अगाडि अर्गानिक भभियान सुरु गर्दा सर्वसाधारण त के राज्यले समेत बुझेको थिएन । अहिले अर्गानिक अभियानमा राज्य आफै लागेको यो अत्यन्त खुसीको कुरा हो । यसमा हामीले धन्यवाद नै दिएका छौं । हामीले कम्पनी मार्फत एक नम्बर प्रदेश, बाग्मति, गण्डकी र लुम्विनी प्रदेशको रोल्पासम्म अर्गानिक अभियान तथा खेती सुरु गरेका छौं । अब यसलाई देश व्यापी बनाउँछौ । विषादी रहित स्वदेशी उत्पादन र आत्मानिर्भर बनाउन निरन्तर लाग्छौं, लागिरहने छौं । कृषि भन्ने बित्तिकै जुन हिनताबोधको रुपमा हेरिन्छ त्यसलाई हामी मेट्न चाहन्छौं । त्यसमा पनि काम गरेर देखाउँछौं, देखाईरहेका छौं ।
देशमा राजनीतिक क्रान्ति धेरै भए अब हामी कृषिमा क्रान्ति चाहन्छैं त्यो पनि अर्गानिक सहित । यसका लागि हामीसंग कम्पनीमा ठुलो टिम रहेको छ । अब हामी एकाध वर्षमै अर्गानिक कृषि अभियानले देशभरी तिव्र गति लिनेछ र परनिर्भर हटाई आत्मानिर्भर बनाउने छ ।अर्को अहिले भईरहेको विचौलियाको अन्त्य चाहन्छौं । हामी वेरोजगारी अन्त्य गर्ने गरी काम गरिरहेका छौं । त्यसको लागि हामीसंग धेरै अनुभव रहेको छ । बेरोजगारी अन्त्य गर्दै उत्पादन, बिक्री वितरण  तिव्र बनाईने छ । कम लागतमा प्रांगारिक मल प्रयोग गरि उत्पादन र बिक्री कुन ठाउँमा के कस्तो खेती लगाउन सकिन्छ खोजी गरिरहेको छौं, गरिहने छौं ।

सम्बन्धित खवर

अन्तर्वार्ता