शंखादेवी मावि काे इतिहास र भूपू बिध्यार्थी समाजकाे बनभाेजमा राष्ट्रिय कलाकारहरूकाे सहभागीता हुने


२०१५ सालमा धादिङ जिल्लाकाे ज्यामरूङ दरवारमा तत्कालीन श्री ५ महाराज धिराज महेन्द्र वीर बिक्रम शाहदेव सबारी हुदाँ ज्यामरूङ दरवारकाे तालुकदार ( बडाहाकिम) श्रद्धेय स्व. रेशम बिक्रम शाह काे पहलकदमीमा सुरू भएकाे दुईबटा काम मध्ये ( स्वास्थ्य र शिक्षा ) ज्यामरूङ आयुर्वेदिक अाैषधालय र शंखादेवी बिध्यालय आजकाे अवस्था सम्म अाईपुग्दा यसले बिभिन्न्न आराेह अवराेह पार गरेकाे छ । याे बिध्यालयकाे आफ्नै जमिन नहुँदा शंखादेवी मन्दिर भित्र रहेकाे पार्टी मा बिध्यालय संचालन गरेर रेशम बिक्रम शाहले शंखादेवीकाे मन्दिरबाट बिध्यालय सुरू भएकाेले बिध्यालयकाे नाम नै शंखादेवी रहनुपर्छ भनेर नाम जुराईदिए पछि शंखादेवी नै नाम रहन गएकाे हाे । सुरूवाती दिनहरूमा याे बिध्यालयलाई कहिले कमेरेडाँडा त कहिले ज्यामरूङ दरवार मुनिबाटकाे तेस्राे बाटाे मुनि हुँदै अन्तत हाल रहेकाे स्कुल डाँडामा सानाे खरकाे छाप्राे बनाएर बिध्यालय सुरू गरिएकाे हाे ।

याे बिध्यालयलाई आजकाे रूपमा ल्याउनकाे लागि माेतिलाल धमला, रेशमबिक्रम शाहकाे सन्तानहरू, हरिहर बिक्रम शाह जाे त्यहाँ शिक्षक समेत हुनुहुन्थ्यो । त्यसैगरि स्व. दण्ड प्रसाद खनाल, स्व. गणेश प्रसाद लम्साल, स्व. चेत बहादुर धमला लगायतकाे असाध्यै ठुलाे याेगदान रहेकाे कुरा घाम जस्तिकै छर्लङ्ग छ । यहि बिध्यालयमा अध्ययन गरेर अगाडि बढ्नु भएकाे भूपू बिध्यार्थीहरू सबैलाई समेट्ने उदेश्यले सुरूभएकाे भूपू बिध्यार्थी समाजले संस्थागत रूपबाट सबैलाई समेट्ने र संस्थालाई साधारणसभा गरि नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने याेजना तय गरेकाे छ । यसै सन्दर्भमा आज भूपू बिध्यार्थीहरू डेला क्याफे नयाँ बजारमा बसेर यी कामहरू गर्ने निर्णय गरिएकाे छ । आज श्री शङ्खादेबी भुतपुर्व बिधार्थी समाज निलकन्ठ न पा ११ धादिङ ज्यामरुङ को अध्यक्ष रामचन्द्र धमलाको अध्यक्षतामा बसेको बैठकले यही चैत १४ गते हुने बनभोज कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम मा आउने कलाकारको नाम सार्बजनिक गरेको छ, भने संस्थाको महासचिव नवराज लंम्सालले बिधालय स्तरमा आगामी दिनहरुमा भुतपुर्व बिधार्थीहरुले खेल्न सक्ने भुमिका को बारेमा प्रस्ट पार्नुभएको थियो,! र कार्यसमिती का पदाधिकारी हरुको पदाधिकारी दिपा धमला (पौडेल) कृष्ण प्र: बोहरा, सचिन धमला,नन्द ब: गुरुङ,बिमल धमला,निर्मला धमला( सापकोटा), उज्जल धमला, ज्ञान नारायण श्रेष्ठ,बिनोद धमला लगायतको उपस्थिति रहेको थियो,! उक्त चैत १४ गते बाईसधारा पार्कमा हुने कार्यक्रम को ब्यापक प्रचार/ प्रसारको निम्ति ज्ञान नारायण श्रेष्ठ, मनोज धमला, र उज्जल धमला लाई प्रसार/प्रसारको जिम्मेवारी दिईएको छ,! भने राष्ट्रिय लोक दोहोरी गायक रबिन लामिछाने, राष्ट्रिय लोक दोहोरी गायिका जानकी तारामी मगर,मोडल तथा डान्सर दुर्गा भट्ट, चर्चित गायिका सबिता परियार, शंखादेबी बिधालयका भुतपुर्व बिधार्थी तथा गायिकाहरु मिना बोहोरा, संन्चिता गुरुङ को उपस्थिती रहने जनाएको छ,झन्डै ३०० भन्दा माथिको उपस्थितिमा हुने कार्यक्रममा शङ्खादेबी बिधालयका भुतपुर्व बिधार्थी तथा बरिस्ठ पत्रकार ऋषि धमला,साहित्यकार डा . नवराज लंम्साल लगायत को उपस्थिति रहने आ योजक को दाबी रहेको छ । संस्थाले सबैलाई चुले निम्तो दिएकाे छ ।


सम्बन्धित खवर