खोरमा थुनेको बाघ खोरको एंगल बंगाएर ५ दिनमै जंगल पस्यो


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं : बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रबाट समोतर चैत ५ गते बाँके राष्ट्रिय निकुञ्जमा ल्याएर खोरमा थुनेको बाघ खोरको एंगल बंगाएर पुन जंगल पसेको छ।

उक्त बाघले बर्दिया क्षेत्रमा मानिसलाई पटकरपटक आक्रमण गरेको सूचनाका आधारमा समातिएको थियो। बाँके राष्ट्रिय निकुञ्जका वार्डेन श्यामकुमार शाहका अनुसार डार्ट गरि ९गोली हानी लठ्याएर० समातेको बाघलाई डिभिजन वन कार्यालय बर्दियाले बाँके राष्ट्रिय निकुञ्ज खैरीस्थित टाइगर होल्डिङ सेन्टरमा राखिएको थियो।

बार्डेन शाहका अनुसार त्यसरी राखिएको बाघ मंगलबार बिहान ४स् ४५ बजेसम्म उक्त खोरमै रहेको सिसी टिभी फूटेजमा देखिएको छ। बाघको अनुगमनको लागि निकुञ्जले राखेको सिसी टिभी फूटेजमा बाघले खोरको डंडी ९एंगल० बंगाएर बिहान सवा ६ बजेतिर खोरबाट निस्किएर आफ्नो प्राकृतिक बासस्थानमा जंगलमा गएको देखिएको वार्डेन शाहले बताए।

‘बाघ भागेको भन्न मिल्दैन बरू त्यो बाघ चिडियाखानाबाट निस्किएर आफ्नो प्राकृतिक बासस्थानमा गएको हो,’ शाहले भने, ‘ऊ त आफ्नो घरमा गएको हो, बरू हामीले पो उसलाई थुनेर राखेका थियौं।

उक्त खोर आर्थिक बर्ष २०७४र७५ मा निर्माण गरिएको शाहले बताए। बाघ निस्किएर आफ्नो प्राकृतिक जन्मस्थल बर्दिया राष्ट्रिय निकुञ्ज तर्फ गएको देखिएको पनि शाहले जानकारी दिए।

बाघ थुनेको खोरबाट निस्किएर गएपछि निकुञ्जले सार्वजनिक सूचना जारी गरि सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको शाहले बताए।


सम्बन्धित खवर

अन्तर्वार्ता