गुडिरहेको रेलबाट खसेर भारतमा एक नेपाली गम्भिर घाईते


काठमाडौं : भारतमा गुडिरहेको रेलबाट खसेर शिवबालक गिरी सख्त घाइते भएका छन् ।

कपिलवस्तु निवासी शिवबालक गिरी मध्यप्रदेशको बिना स्टेशन नजिक रेलबाट खसेर घाइते भएका हुन् । गिरीको हाल बिनाकै सिभिल अस्पतालमा उपचार भइरहेको छ ।

उनको अवस्था गम्भीर रहेको अस्पतालका चिकित्सक वीरेन्द्रसिंह ठाकुरले जनाएका छन् । गिरी नेपाल जानका लागि मुम्बईबाट रेल चढेका थिए ।

गत आइतबार रातिको यो घटना दार्जिलिङको अनलाइन पोर्टल द दार्जीलिङ क्रोनिकलले ट्विट गरेपछि मात्र बाहिर आएको हो ।

शिवबालकको घरमा कुनै सम्पर्क नभएको र परिवारलाई समेत शिवबालक दुर्घटनामा परेको बारे केहीँ जानकारी नभएको हुनाले उक्त अनलाइनले गिरीको परिवार र कपिलवस्तु प्रशासनलाई खबर गरिदिन आग्रह समेत गरेको थियो ।


सम्बन्धित खवर