दैलेखमा आफ्नै आमाको हातबाट तीन वर्षे बालकको हत्या , आमाले गरीन मृत्युको प्रयास ।


सुर्खेत । दैलेखको डुंगेश्वर गाउँपालिका (३ ) मा ३ वर्षका बालकको आफ्नै आमालेको हातबाट हत्या भएको छ, ३ वर्षे बालकको २९ वर्षीय आमा हिरा थापाले आफेनै बच्चा मारेपछि आफुले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक इन्द्रजित सुनारका अनुसार हिराले छोरा उमेशको घाँटी थिचेर हत्या गरेकी हुन् र आफूले लेक्चा खोलाको भीरबाट हामफालेर आत्महत्या प्रयास गरेकी हुन् ।

आफ्नै छोरालाई मारेर आफूले आत्महत्याको प्रयास परेको पाइएको छ, उनी अहिले घाइते छिन्’ प्रहरी निरीक्षक सुनारले भने, ‘उनको हाल प्रहरीको निगरानीमा जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको छ, अवस्था सामान्य छ ।

तर किन उनी आफ्नै सन्तान मारेर मर्न खोजीन भन्ने विषयमा भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित खवर