
काठमाडौं: पाल्पामा जंगलमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु भएको छ ।
पाल्पाको माथागढी गाउँपालिका वडा नं ४ स्थित दानसिंगा सामुदायिक वनमा लागेको आगो निभाउने क्रममा माथागढी गाउँपालिका वडा नं ४ झडेवा बस्ने अन्दाजी ६५ बर्षको मान बहादुर सिंजालीको मृत्यु भएको छ ।
उनको घटनास्थलमा नै मृत्यु प्रहरीले जनाएको छ । आगो कसरि लाग्यो ? महिलाको मृत्यु कसरि हुन पुग्यो लगायतको विषयमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पले जनाएको छ ।