सरकारको समर्थन फिर्ता लिन्छौ : अध्यक्ष प्रचण्ड


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् ।

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबर्जस्त दबाब रहेको उनले बताए । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘हत्तपत्त समर्थन फिर्ता लिने हो भने झन् उल्टो पर्छ है भन्ने छ । मैले भनिरहेको छु, राजनीतिक र नैतिक ढंगले म अब धेरै दिन पर्खिन सक्दिन ।

 

‘मैले जुन सरकारलाई प्रतिगामी भनेको छु । त्यसलाई मैले समर्थन गरिरहन सक्दिन, चाहे राजनीति जतासुकै जाओस्’ उनले अघि भने, ‘मैले मेरो राजनीति र नैतिकतालाई बचाउनुपर्छ । म केही दिनभित्र त्यो प्रक्रिया अगाडि बढाउँछु ।
यद्यपि आफ्नो प्रयास अहिले पनि संसद विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भनेर सडकमा गएका दलहरुबीच अबको राजनीतिक निकासबारे न्यूनतम सहमति होस् भन्ने रहेको उनले बताए ।

प्रचण्डले अघि भने, ‘अविश्वासको प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै होस् भन्नका निम्ति मात्र मैले दाह्रा किटेर समर्थनलाई एकदुई दिन रोकेको मात्र हो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले संसद पुनस्र्थापना भएपछि के गर्ने भन्ने योजना बनाउन चुकेको स्वीकार गरे ।
संसद पुनर्स्थपना भएपछि प्रधानमन्त्रीले स्वतः राजीनामा दिनुपर्ने परिस्थिति बन्छ र राजनीति सहज ढंगले अगाडि बढ्छ भन्ने सोचेको भन्दै उनले भने, ‘शायद हामी राजनीतिक नेतृत्वले थोरै रिल्याक्स ग¥यौं । ठूलो लडाइँ जितिहाल्यौं र अब के बाँकी छ र रु सजिलै पार होला भनेर थोरै रिल्याक्स ग¥यौं र दोस्रो योजनामा गम्भीर नभएकै हो ।

लोकतन्त्र र परिवर्तनविरुद्ध षड्यन्त्र भइरहेको छ भन्ने बुझेर एकपछि अर्को तयारी नगर्नु गल्ती भएको उनले बताए ।


सम्बन्धित खवर