दुईजनाको ज्यान जाने गरि भएको बागलुङ घटना योजनाबद्ध रहेको नेपाली कंग्रेसको दावि


बागलुङ अप्डेट : फागु पुर्णिमाको दिन बाग्लुङमा दुईजनाको ज्यान जाने गरि भएको घट्नामा बिस्तारै राजनितिक करण हुदै गएको देखिन थालेको छ ।

उक्त घटना ठाँउ बिशेष नभई योजनाबद्ध भएको नेपाली कंग्रेस बाग्लङले दावि गरेको छ । नेपाली कांग्रेस बागलुङले बडिगाड घटनामा संलग्न दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गरेको छ । कांग्रेसले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै दोषीलाई कारवाही गर्न र घाइतेको उपचार गर्न माग गरेको छ ।

सभापति दिपेन्द्र बहादुर थापाले हस्ताक्षेर गरेको विज्ञप्तीमा जिल्ला सदस्य प्रकाश कुँवर र सक्रिय कार्यकर्ता दीपक दमाईमाथि सुनियोजित रुपमा सांघातिक हमाल गरि योजनाबद्ध रुपमा हत्या गरिएको उल्लेख छ ।

यस घटना प्रति घटना प्रति कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको सभापति थापाले बताए । घटनाको विभिन्न समाजिक सञ्जाल तथा सञ्चार माध्यममा आएको भिडियो र तस्बिरले प्रमाण दिएको बताइएको छ ।
विज्ञप्तीमा घटना सुनियोजित रुपमा अपराधिक मानसिकताबाट प्रेरित भइ यो घटना भएको र झडपमा घाइते भएका ज्ञानु दमाई लगायतका घाइतेहरुको उपचारमा सरकारले गर्नु पर्ने उल्लेख छ ।

आइतबार भएको झडपमा परेर मृत्यु हुने प्रकाश कुँवर नेपाली कांग्रेस बागलुङ सदस्य हुने भने अर्का दीपक दमाई सक्रिय कार्यकर्ता रहेको काग्रेस बागलुङले जनाएको छ ।


सम्बन्धित खवर