बागलुङ मृत्यु प्रकरणमा फरार भएका ७ जना आरोपी प्रकाउ


काठमाडौं । बागलुङ, गुल्मी र प्युठानको संगम बल्देघुरीमा होली खेल्दा दुईजनाको हत्यामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।

हत्यामा संलग्न रहेका ७ जना आरोपीलाई पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालयका डीआईजी घनश्याम अर्यालले बताए ।

आईतबार होली खेल्न जम्मा भएका दुईवटा समूहबीच झडप हुँदा सो संगमस्थलमा बागलुङको निसीखोला गाउँपालिका–७ घर भएका ३६ वर्षीय प्रकाश कुँवर र ३४ वर्षीय दीपक दमाईको हत्या भएको थियो ।

आरोपीहरुलाई प्रहरीले गएराती पक्राउ गरेको हो ।


सम्बन्धित खवर

अन्तर्वार्ता