
नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ ।
मंगलवार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधवार सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट आएको हो । मंगलवार छापावाल सुन प्रति तोला ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
बुधवार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रहेको छ ।
महासंघका अनुसार बुधवार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ ।