भब्य कार्यक्रमको साथ बाग्लुङ कप भलीवल प्रतियोगीता २०७७ सञ्चालन हुदै


काठमाडौं: ह्याप्पी योङ यूथ क्लब ,काठमाडौको आयोजनामा यहीँ चैत्र २७, २८ र २९ गते गरी तीन दिन काठमाडौंको नयाँ वर्षपार्क स्थित ढोरपाटन क्लबको ट्रेनीङ प्राङगणमा उक्त प्रतियोगीता हुने आयोजकले जानकारि दिएको छ ।

नेपालमा आधुनीक शैलीमा भित्रिएको २ए साईड भलीबल प्रतियोगीता नयाँ भएता पनी यसको महत्व बढि रहेकोले यसको बिस्तारको निमिक्त आफुहरुको प्रतियोगीताले सहयोग गर्नेमा विश्वास रहेको न्यूटन स्कुलका प्रिन्सीपल तथा यस खेलका अध्यक्ष राम के.सी ले जानकारी दिनुभयो । खासमा २ए साईड खेल २/२ जनाको समुहमा खेलीने खेल हो , समुन्द्रि सतहमा बालुवाको चाङमा खेलीने यस खेल नेपालमा भने अन्य खेल खेलीने मैदानमै खेलिदै आएको छ ।

“खेलाडी मान होईन सम्मान हो, खेलकुद शान होईन हाम्रो पहिचान हो”भन्ने नारा संगै आयोजना गरेको उक्त खुल्ला राष्ट्रिय पुरुष भलीवल प्रतियोगीतामा प्रथम हुने टिमले नगद रु ६० हजारको भागेदारी बन्ने छ भने द्धितीय हुनेले ३० हजार र तृतीय हुनेले १५ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । कार्यक्रम विगतका वर्षमा भन्दा थप पृथक बनाएर लैजाने तयारीमा रहेको कार्यक्रम संयोजक दिल सुनारले जानकारी दिएका छन ।

अनुशासित र सभ्य वातावरणमा सम्पन्न हुने 2A  साईड भलिबल प्रतियोगीता केवल रमाईलोको लागी मात्रै नभएर खेल क्षेत्रमा लामो समय देखी खटिदै आएका बरिष्ठ खेलाडीहरु लाई सम्मान गर्ने कार्यक्रम समेत भएकोले सबै संघ संस्थालाई समन्वयको लागी एकाबद्ध हुन समेत संयोजक दिलले आग्रह गरेका छन ।

कार्यक्रम सम्पन्न गर्नका लागी देश तथा विदेश बाट आर्थिक भौतिक सहयोग प्राप्त भएकोले सहयोगीदाता हरुलाई धन्यबाद ज्ञापन गर्दै कार्यक्रमा राष्ट्रिय स्तरमा चर्चा कमाएका कलाकार हरुको समेत विशेष सांगेतीक प्रस्तुति रहने कुरा जानकारी गराउदै आम दर्शक श्रोता खेलाडी पत्रकारमा उपस्थितीको लागी अनुरोध गरेका छन ।
कार्यक्रम २७ गते बिहान समुद्घाटन गरिने र सोही दिन देखि निरन्तर प्रतियोगीता रहने कार्यक्रम संयोजक दिल सुनारले जानकारि दिएका छन ।


सम्बन्धित खवर