फेरी बढ्यो पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ सय २०


नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।

आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएको हो।
मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १ सय ३ रुपैया पुगेको छ।

निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने नबढाएको जनाएको छ।

इण्डियन आयल कर्पोरेशनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्य वृद्धि गरिएको निगमको भनाई छ। हालको मूल्य सूचि अनुसार अझै घाटा रहेको निमगको दाबी छ।


सम्बन्धित खवर