
काठमाडौं । चीनबाट अनुदान सहयोगमा प्राप्त कोभिड–१९ विरुद्धको भेरोसेल खोप भोलिदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट दिन लागिएको हो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफुल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुलाई पनि खोप दिइने मन्त्रालयले जनाएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन हुने मन्त्रालयले जनाएको छ ।
यी अस्पतालमा लगाइन्छ खोप
१।शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु
२। परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पताल, थापाथली
३। निजामती कर्मचारी अस्पताल, मिनभवन
४।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल
५। राष्ट्रिय आयुर्वेद तथा अनुसन्धान तालिम केन्द्र, कीर्तिपुर
६।त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
७। काठमाडौँ मेडिकल कलेज, सिनामंगल
८। नेपाल मेडिकल कलेज, अत्तर खेल
९। शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारी
१०। वीरेन्द्र अस्पताल छाउनी
११। एपीएफ अस्पताल, बलम्बु
१२। नेपाल प्रहरी अस्पताल, पानी पोखरी
१। ओम अस्पताल रिसर्च सेन्टर, चावहिल
१४। क्षेत्रपाटी निःशुल्क चिकित्सालय, क्षेत्रपाटी
१५। भक्तपुर अस्पताल, भक्तपुर
१६। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
१७। नेपाल कोरिया मैत्री अस्पताल, ठिमी
१८। किष्ट मेडिकल कलेज, ललितपुर
१९। आनन्दवन अस्पताल, ललितपुर
२०। धुलिखेल अस्पताल, काभ्रे
२१। त्रिशुली अस्पताल, नुवाकोट
२२। बाह्रबिसे अस्पताल, सिन्धुपाल्चोक
२३। जिल्ला अस्पताल रसुवा