
कृष्ण विश्वकर्मा चैत्र,२७
वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रवास संगठन प्रगतिशील नेपाली समाज, साउदी अरेबिया गठन भएको छ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रीय संयोजक कमरेड विश्वभक्त दुलाल आहुतिको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त प्रगतिशील नेपाली समाज, साउदी अरेबिया, औपचारिक घोषणा कार्यक्रम, साउदी संगठनले भर्चुअल माध्यम जूमद्वारा सम्पन्न गरेको थियो ।
सर्वसम्मतिबाट अध्यक्षमा चयन हुनु भएका कमरेड भीम नेपाली सहित भेलाले आवस्यक केही सदस्यहरू पछि थप्ने निर्णय सहित १८ सदस्यीय समिति घोषणा गरेको छ । समितिका उपाध्यक्षमा कमरेड भुपेन्द्र रसाइली, महासचिवमा नेवोन सुनार, कोषाध्यक्षमा प्रेम बराइली, सचिवमा राजु सिंह विक हुनुहुन्छ भने सदस्यहरूमा क्रमशः रमेश सुनार, गणेश गदाइली, राम दयाल यादव, सुवास विक, दिलिप कुमार यादव, अनिल रामपाल, सन्तोष परियार, गोर बहादुर सुनार, मनिष विक, शरद दर्जी , विकास सेन्चुरी, बुद्धराज सुनार र रुकमान पोर्तेल चनय हुनुभएको छ ।
कमरेड दीपक चैतन्यले संचालन गर्नु भएको उक्त घोषणा कार्यक्रममा सभापति, प्रमुख अतिथि, विशेष अतिथि तथा उपस्थिति अन्य प्रतिनिधि ज्यूहरू र विभिन्न संगठनहरूबाट प्रतिनिधित्व गरि उपस्थित हुनुभएका अथिति कमरेडहरूको आशनग्रहण पछि केन्द्रीय सदस्य तथा प्रगतिशील नेपाली समाज, युएईका उपाध्यक्ष कमरेड कृष्ण विश्वकर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।
प्रमुख अतिथि कमरेड आहुतिले कार्यक्रममा उपस्थित सबै सहभागी अतिथिहरू र नवगठित समितिका कमरेडहरूलाई विशेष सम्बोधन गर्दै समसामयिक राजनीतिक अवस्था, प्रगतिशील नेपाली समाजको आवस्यकता, यसले बहन गर्नु पर्ने रचनात्मक कार्यभार र पार्टीका विभिन्न गतिशील गतिविधिहरू माथि प्रकाश पार्दै बधाइ तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यस्तै कार्यक्रमका विशेष अतिथि वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा विदेश विभाग प्रमुख कमरेड राजेश नेपालीले विश्वराजनीतिमा मार्क्सवादी विचारधाराको महत्व, समाजवाद स्थापनामा संगठनको भूमिका र महत्व माथि सारांशित विश्लेषणात्मक मनतव्य राख्दै विधिवत रुपमा प्रगतिशील नेपाली समाज, साउदी अरेबिया घोषणा गर्नु भई आगामी समाजवादी यात्राको लागि बधाइ तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको अन्त्य तिर केन्द्रीय सदस्य तथा प्रवास संगठन दक्षिण कोरिया संयोजक र प्रवास संगठन युएईका कमरेडद्वय सन्तोष बराइली र जीवन दासले प्रगतिशील नेपाली समाजको चुनौती, सार्थकता र भावी चुनौती बारे प्रकाश पार्दै शुभकामना मन्तव्य राख्नु भएको थियो । मन्तव्यकै क्रममा कमरेड समर चेम्जोङ आभाषको शुभकामना सहितको थप उर्जावान सन्देशले कार्यक्रमलाई अन्त्यसम्मै थप रौनकता थपेको थियो । अन्त्यमा कार्यक्रम सभापति तथा नवगठित समितिका अध्यक्ष कमरेड भीम नेपालीले आफ्नो नेतृत्व र गहन जिम्मेवारी माथि जुझारू प्रतिबद्धता जाहेर गर्दै घोषणा कार्यक्रमलाई समापन गर्नु भयो ।