बेकरी उद्योगलाई बृहत बनाउने मेरो मुल उद्देश्य हो


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

योगेन्द्र थापा, युवा व्यवसायी धेरै युवाहरु देशमा रोजगारी नपाएर विदेश धाउनु परेको यथार्थ हामीले देखे, सुने र भोगेकै छौं । देशको विभिन्न परिस्थिति र द्धन्द्धले गर्दा त्यस्तो अवस्था देखिएको भए पनि आज राजनीतिक परिस्थिति सहित शान्पिूर्ण राजनीति देशमा चलिरहेकै छ तर पनि आर्थिक समृद्धि र रोजगारी सृजना भईरहेको छैन यसो हुनुमा राजनीति प्रतिबद्धता नभएर हो । त्यसरी देशले सोचे जसरी परिणाम निकाल्न सकिरहेको छैन । त्यसरी पढ्ने नपढ्ने वैदेशिक रोजगारमा जान बाध्य छन् । मान्छेको जीवनमा सोचे जस्तो कसैलाई हुंदैन । बाउबाजेले भन्ने उत्ति छकि निन्द्रा भन्दा सपना लामो धरै मान्छेमा हुन्छन् तर सफलता पाईरहेका हुंदैनन् । योगेन्द्र यस्ता व्यत्ति हुन् सपना देखे देखेनन् उनैलाई थाहा होला तर निन्द्रामै सफलता पाईरहेका छन् भन्दा हुन्छ । उनले मिहेनत गरे समयले पनि साथ दियो । भगवानले साथ दिए । सकारात्मक सोच राखे । सकारात्मक परिणाम पाईरहेका छन् । विभिन्न उतारचढाव त भोगे नै, संघर्ष त सबैले गर्नैपर्छ योगेन्द्र थापाले संघर्ष गरे संघर्षको फल पनि पाईरहेका छन् । अथवा आफ्नो योजनामा सफलता पाउँदै गईरहेका छन् । योगेन्द्र थापा २०४१ साल भदौ ११ गतेका दिन बुबा स्व. हस्तबहादुर थापा तथा आमा विष्णुमायको कोखबाट त्रिपुरासुन्दरी ३ (साविक मुलपानी गाविस) मुर्चुकबेसीमा जन्मिएका थिए ।

उनी सानैदेखि चञ्चले र छितो छरितो स्वभावका रहेछन् । हामीले कुराकानी गर्दै गर्दा पनि त्यस्तै देखिनु भयो । अथवा त्यस्तै रुपमा प्रस्तुत हुनु भयो । मध्यम वर्गीय किसान परिवारमा हुर्केबढेका उनी बुबा फौजीमा हुनुहुन्थ्यो अथवा उनको परिवार फौजीमा संलग्न रहेका छन् । ठुलो दाई तेजबहादुर थापा नेपाली सेनाको सुवीदारमा कार्यरत रहेका छन् भने दिदी ज्ञानु थापा समेत हवल्दार रहनुभएको छ । चार दाजुभाईका उनी माईला हुन् भने एक दिदी रहनु भएको छ । हामी कहाँ २५२ घरधुरी थापा परिवार रहेका छन् । हाम्रो समयमा स्कुल टाढा हुंदा सोचे बामेजिम पढाईलाई निरन्तरता दिन सकिएन । अर्को माओवादी द्धन्दले गर्दा पनि पढाईलाई निरन्तरता दिन कठिन भयो । कष्टकर ढंगबाट पढाईलाई अगाडि बढाउनु पर्यो । हाम्रो फौजी परिवार भएकोले पनि माओवादी द्धन्द्धले असुरक्षित बनाएको थियो ।

हाम्रो परिवारले धेरै कम्युनिष्टहरुलाई पाल्ने काम भयो । माओवादीलाई धेरैको संख्यामा दिनहुं खाना खुवाउनु पर्दथ्यो । माओवादीलाई खाना बस्न दिईरहंदा यता सेनाबाट त्यत्तिकै खतरा । त्यसरी माओवादीलाई सहयोग गर्नु बाध्य थियो । दाई दिदीले आफ्नो तलबबाट २१ प्रतिशत बझाउँनु पर्दथ्यो । तपाई सानैदेखि माओवादी जनयुद्धमा घुलमिल भईरहंदा के भन्थे माओवादीहरु ? आज त्यही बाटोमा हिंडिरहेका छन् त ? थापा भन्छन्, नयाँ नेपाल तथा युग परिवर्तन गर्न हिंडेको भन्थे । वास्तवमा युग नै परिवर्तन नै नगरेको, नभएको भने होईन । राजसंस्थाको अन्त्य गदैै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपाति समावेसी व्यवस्था आयो । तर एउटा कुरा भन्नै पर्छ जनताले नयाँ ढंगले अनुभुति गर्न पाएनन् । शासक वर्गले जनताको बारेमा त सोचेनन् नै पछिल्लो परिवर्तनलाई संस्थागत समेत गर्न सकेनन् ।

अहिले राजनीति रुपमामा स्वतन्त्र रहेको छु । यद्यपी म बाबुुराम भट्राईको फ्यान हुं । उनी अवसर पाउँदा काम गर्न सक्ने व्यक्तित्व हुन् । माओवादी हुंदै नयाँ शक्ति नेपालसम्म काम गरियो तर अहिले कुनै राजनीतिक दलमा सक्रिय छैन । २०६६ देखि ०७७ असोजसम्म विदेशमा रहें । युएइमा लामो समय रोजगारीको सिलसिलामा बसें । मेरो प्रोफेसन बेकरी आईटम उत्पादन र ट्ेनिड दिने थियो । त्यहाँ हिन्दीभाषा भन्दा अंग्रेजीमा जोड गरे । ३ महिनामै अंग्रजी सिकें । इन्डिया केरलाका अल्फ्रेडको प्रेरणा मिल्यो । उहाँले भन्नु भयोकि यदि गोल गर्नुछ भने हिन्दी होईन अंग्रेजी भाषा बोल्नुपर्छ । उनको त्यो कुराले मलाई छोयो । त्यसरी आफुलाई सफलतामा ढाल्दै लगें । मैले काम गर्ने निकै ठुलो सरकारी कम्पनी थियो । एक सय ७२ वटा भन्दा बढी त प्लेन नै थिए । पन्ध्र सय भन्दा बढी नेपाली कामदार थिए ।

झन्दै ११ वर्ष त्यहाँ रहंदा पाँच वटा कम्पनीमा वैधानिक ढंगले काम गरें । नेपाली ३५ हजारमा गएको थिए । पछि महिनाको तीन लाखसम्म मासिक तलव थियो । जस राज्यलाई रेमिट्यानस्मा पनि योगदान भयो । हेल्परमा गएको हुं, हेडचिफसम्म भएर काम गरें । लामो समय त्यहाँ बस्नु भयो । त्यो देश कसरी विकास भएको रहेछ ? सुनाउँछन्, पहिलो त त्यहाँ व्यवस्था संस्थागत भएर देश सिस्टममा चलिरेको छ । राजनीतिक स्थिरता छ भने जनताप्रति जिम्मेवार सरकार रहेको छ । २००८ सालमा आर्थिक मन्दी भयो युएईमा । खाडी तथा त्यहाँको मुख्य आर्थिक एवं आम्दानीको स्रोत भनेको तेल नै हो । त्यसरी आर्थिक मन्दी भएपछि त्यहाँको सरकारले विभिन्न देशसंग व्यवसायिक सम्झौता गर्यो । त्यसपछि अमेरिका जस्ता देश लगायतले ठुलो लगानी गरे । त्यसरी देशलाई फेरी आर्थिक उन्नतीमा लगे । नेपालमा खाली हल्ला मात्र गरिन्छ । नेपाललाई यदि समृद्ध मुलुक बनाउन चाहने हो भने भारतसंग विप्पा सम्झौता भईसकेको छ । अब चीन लगायत नेपालमा लगानी गर्न चाहने देशहरुसंग विप्पा गरी लगानी भित्राउनुपर्दछ । हरेक विषयवस्तुमा शंका मात्र गरेर हुंदैन ।

विदेशमा हुंदा पनि मैले समाजसेवाको काममापनि अगाडि बढें । नेपालमै सामाजिक सेवा र राजनीतिकमा रुची थियो । एक किसिमले नसा बसेकै थियो । त्यहाँ धादिड समाज युएईको आजिवन सदस्य, कार्यसमितिको महासचिव र अध्यक्ष समेत भएर काम गरें । मेरो पालामा त्यहाँ बस्ने नेपालीको उद्धारदेखि विभिन्न कार्यक्रम र संगठन निर्माणमा उल्लेख्य काम भए । १२० जना त आजीवन सदस्य नै बनाएको थिएं । ०७७ असोजमा नेपाल आईसकेपछि देशमै केही गरौं भन्ने रहयो । विदेशमा धरै बसियो, अवसर त धेरै थियो नै । ती सबै छाडेर देशमै काम गर्ने सोच सहित नेपालटारस्थित मिठो बेकरी सुरु गरेको छु । केक, पेस्ट्ज् िे, कुकिज, ब्रेडस् लगायतको उत्पादन तथा व्यापार गरिन्छ । नयाँ भएपनि व्यापार समग्रमा ठिकै छ । अब नेपालकै रैथाने सामानका फुडहरुबाट बेकरी आईटमहरु ल्याउने सोच बनाईसकेको छु । कोदो, सिस्नु, फापर, मकै, जौ, गहुं लगायतका बेकरीहरु बनाउने योजना रहेको छ । अर्को हाम्रो आगामी योजना भनेको तुरुन्तै मिठो बेकरीको ब्रान्च खोल्ने रहेको छ । देशमै स्वरोजगार सहितको रोजगार उत्पादनमा जोड गर्ने रहेको छ । क्याफे, डेरी लगायत खोल्न चाहने साथीभाईहरुलाई सम्पूर्ण प्रकारका तालिम दिन चाहन्छौं । व्यवसायीकरण र रोजगारको निम्ति धेरै संख्यामा ब्रान्चहरु खोल्ने उद्देश्य रहेको छ । साथै स्वास्थ्य र शिक्षामा समेत ट्ेनिड दिने योजना समेत रहेको छ । जन्म, विवाह र मृत्यु मान्छेले जन्मदै लिएर आएका हुन्छन् भनिन्छ । २०६४ सालमै धादिड फुलखर्क निवासी अमुता अधिकारीसंग विवाह भएको हो । एक बाबु परिचित र एक नानी पुष्पाञ्जली रहेका छन् । उनीहरु विद्यालयमा पढिरहेका छन् । उनीहरुलाई राम्रो शिक्षादिक्षा दिने र उनीहरुले नै भने बमोजिमका विषयहरु पढाउने योजना रहेको छ ।