म काम र कर्तव्यलाई धर्मको रुपमा लिन्छु ।


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

चन्द्र रणपहेली, अध्यक्ष, नेपाल कपडा तथा सिलाई व्यवसायी, काठमाडौं
चन्द्र रणपहेली नेपाल कपडा तथा सिलाई व्यवसायी संघ काठमाडौ शाखाको नवनिर्वाचित अध्यक्ष हुन् भने झण्डै दुई दशक भन्दा बढी समयदेखि बागबजारस्थित टिपटप वयर सर्टिड सुटिड टेलर्स सञ्चालन गर्दै आएका छन् । परम्परागत सीप र क्षमता भएकाहरुका लागि प्रेरणाको स्रोत रहनुभएका रणपहेली हामी सबैको प्रेरणा स्रोत रहेका छन् । उनको जन्म २०२३ फाल्गुन १३ गतेका दिन बुबा स्व. गुम्वे रणपहली र आमा मिठुमायको कोखबाट रामप्रसाद राई गाउँपालिका ७ स्थित भोजपुर जिल्लामा भएको थियो । सामान्य किसान तथा बालीघरे आर्थिक सामाजिक अवस्थाबाट हुर्केबढेका उनी महत्वकांक्षी र उन्नती प्रगति गर्नु पर्दछ भन्ने सोच राख्दथे, त्यहीबाटमा आजसम्म संघर्ष गरिरहेको छु उनले भने । तीन दाजुभाईको म माईलो हुं । एक दिदी ४ बहिनीहरु थियौं । म यहाँसम्म आईपुग्नुको मेरो प्रेरणा दाजु नै हुन् उहाँ इन्डियाको नागाल्याण्ड बस्नुहन्थ्यो । म पनि उहाँसंगै १३ वर्ष जति बसें । उहाँंसंग नै सटिड सुटिडको काम सिके । त्यसरी ०५२,५३ पछि कानठमाडौं आएं । विभिन्न सर्टिडसुर्टिडको सिलाई र पाँच वर्ष कटिड मासटरको कामहरु गरियो । २०५६ सालपछि आफ्नै व्यवसाय सुरु गरें । टिपटप वयर अहिले भएको ठाउँकै पसल मैले खरिद गरेको हुं । त्यही सटरबाट आजसम्म ग्राहकको सेवा गरिरहेको छु । व्यापार समग्रमा ठिकै छ तर माओवादी द्धन्द्धको क्रममा भने हम्मे हम्मे टिकियो । चन्डा मागेर हैरान पारे । साथै चन्दा निकै लगे पनि । म कामलाई धर्मको रुपमा लिन्छु । डियुटीलाई पनि त्यही ढंगले लिन्छु । अधिकार मात्र खोज्ने होईन कर्तव्य पनि निभाउनुपर्छ भन्ने मेरो धारणा रहिआएको छ ।


सिलाई पेसा लामो समयदेखि बाउबाजेहरुले बालीघरे पेशाको यस काम गर्दै आएका थिए । मुख्यतः दलित समुदाय त्यसमा पनि परियार जातिले गर्ने पेशाको रुपमा परिचित छ । आज विश्वको आधुनिकीकरण र उदारीकरणको विकासले सबैले सबैको पेसा एक अर्काले अपनाउदै आएका छन् । त्यसैको रुप सिलाई पेशा वा व्यवसाय नेपालमा सबै जाति समुदायले गर्दै आएका छन् । यो एउटा सकारात्मक पाटो बनेको छ । अर्को व्यवसायिक पनि बनेको छ । तर यस पेसा हिजो दिनहरुमा जुन समुदायले गर्दै आएका थिए, त्यो समुदायको प्रभाव र पहँच भने माथि उठ्न सकिरहेको छैनन् ।

यो व्यवसायलाई सुरुदेखि नै केलाउँदा विशेषतः एउटा लक्जरी वा सोखको रुपमा आएको पाइन्छ । जस्तो, विवाह, ब्रतबन्ध र बिशेष समारोह आदिमा लगाउने गरिन्छ । आंकडा अनुसार ९५ प्रतिशत परियार समुदाय यो पेसासंग आबद्ध छन् । परियार समुदायले बालीघरे हँुदै कारिगढ र भर्खर भर्खर मात्र केही व्यवसायिक रुपमा काम सुरु गर्दै आएका छन् । गाउँघरमा अझै पनि बालीघरेकै रुपमा काम गरिरहेका छन् । यो ठुलो चुनौती अझै रहेको छ । सीप दक्षता दुवै छ, तर चुनौती केमा छ भन्दाखेरी लगानीमा रहेको छ । अहिलेको बजार भनेको तामझाममा आधारित रहेको छ । लक्जरी अथवा सोखमा आधारित भएर आएको यो व्यवसाय अहिले झन नयाँ नयाँ किसिमका पोसाक तथा डिजाइनहरु आर्इंरहेको छ । अहिलेको बजार भनेको जसले राम्रो लगानी गर्छ र खट्छ, राम्रो शोरुम, फेसन डिजाइन गर्न सक्छ, त्यसैले नै राम्रो व्यवसाय र बजार पाउने गरेको छ । यसको मतलव जो संग पुर्खौंदेखिको परम्परागत सीप छ, उसले आर्थिक अभावका कारण अझै पनि बालीघरे कारिगढ र श्रमिक भएर जीवन धान्नु परेको छ । यो अत्यन्त विडम्वना रहेको छ । सिलाई पेसा तथा व्यवसाय र परियार समुदायबीच नङ र मासुको सम्बन्ध रहेको छ । तर समस्या के हो भन्दाखेरी आर्थिक वा लगानीको अभावमा उनीहरु मालिक वा व्यवसायिक बन्न सकेनन् । त्यसरी अन्य जाति समुदायहरुको आकर्षणको पेसा वा व्यवसाय बन्यो । र सम्मानित पेसाका रुपमा विकसित पनि भईसकेको छ । तरपनि राज्यले यस पेसा गर्ने व्यवसायीलाई हेर्ने दृष्टिकोण राम्रो छैन । कारिगढको रुपमा हेर्ने हो भने पनि अझै ९५ प्रतिशत परियारहरु नै छन् तर आर्थिक रुपमा लगानी गर्ने हिसावले अन्य जाति समुदायहरु हावी छन् व्यवसायीक रुपमा । त्यसैले सबैले यो कुरा बुक्ष्न जरुरी छ ।

सिलाई व्यवसाय त्यसमा पनि म दलित समुदायकै माान्छे, बालीघरे प्रथाबाट एउटा कारिगढ, कटिङ मास्टर हुँदै व्यवसायी बनेको, हर समस्या र समाधान समेत बुझेको थिए, अनुभव पनि रहेको छ । अर्को भोलीका दिनहरुमा आफ्नो समुदायका लागि केही गर्न सक्ने हैसियत र अनुभवले खारिएको अथवा खुकुरीको चोट अचानोले मात्र बुक्ष्दछ । त्यही पीडा र व्यवधान प्रत्यक्ष भोगेको हुँदा अध्यक्ष निर्वाचित भएर धेरै कामहरु गर्ने योजना बनाएको छु । आजको दिनमा पनि निस्चित अन्नपातका भरमा काम गर्नु र बाध्यतामा पार्नु एउटा निन्दनीय रहेको छ । राज्यस्तरबाटै बालीघरे प्रथालाई अन्त्य गर्नुपर्छ । अब पनि कसैले बालीघरेकै रुपमा पेसा ग¥यो, लादियो र गराईयो भने जरिवानाको व्यवस्था हुनुपर्छ । उनीहरुलाई कारिगढ बनाउने, दक्ष भईसकेपछि व्यवसायी बनाउँने र आर्थिक अभाव रहेकाहरुलाई सहुलियत रुपमा सहयोग गरेर अघि बढ्नु पर्दछ । यसरी मात्र बालीघरे प्रथाको अन्त्य गर्न केही हदसम्म सहयोग पुग्दछ । आज विश्वव्यापी कोरोना महामारीले यस व्यवसायलाई पनि ठुलो असर परेको छ । हुनत देश विदेश वा विश्व नै आर्थिक संकटको खतरा रहेको छ । हामी व्यवसायी र कारिगढहरु लापरवाही नगरी सामाजिक दुरी कायम गरी स्वास्थ्य सामग्री कायम प्रयोग गर्दै काम गरिरहेका छौं । आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्दै कोरोनालाई जित्ने उपाय खोज्नु पर्दछ । यो पेसा लक्जरी र फेशन डिजाईनमा आधारित भएको हुनाले पनि अहिले व्यवसायिक रुपमा कमजोर अवस्था रहेको छ ।