पत्रकार महासंघ नुवाकोटको नतिजा रद्ध, पुनः निर्वाचन गर्न निर्देशन


नेपाल पत्रकार महासंघ नुवाकोटको निर्वाचन रद्ध भएको छ । महासंघ केन्द्रीय निर्वाचन समितिले बिहीबार पुनः निर्वाचन गर्न निर्देशन दिएको हो ।
समितिका संयोजक कपिल काफ्लेले महासंघ नुवाकोटको निर्वाचन समितिलाई पत्र पठाउँदै एक साताभित्र निर्वाचन सम्पन्न गरेर केन्द्रीय समितिलाई तोकिएको मत परिणाम उपलब्ध गराउन भनेका छन् ।

चैत २५ गते भएको निर्वाचनमा संकेत भएको मतपत्र प्रयोग गरेर धाँधली भएको आरोप केही उम्मेदवारले लगाउँदै पुन निर्वाचनको माग सहित उजुरी दिएका थिए ।
असन्तुष्ट समूहको असन्तुष्टिका बीच सो निर्वाचनबाट कपिल देव खनाल नेतृत्वको प्यानल विजयी भएको घोषणा गरिएको थियो ।


सम्बन्धित खवर