अहिलेको राजनीतिक घटनाले दलहरु पुुरै असफल भएका छन् प्रदिप विक्रम राना, राष्ट्यि अध्यक्ष, राप्रपा नेपाल


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो राजनीतिक घटनाक्रमलाई कसरी हेर्नुभएको छ ?

पछिल्लो राजनीतिक घटनाक्रम राम्रो छैन । जनताको विस्वासप्रति विस्वासघात भएको छ । कांग्रेस र कम्युनिष्ट दुवै असफल भएका छन् । आफुलाई देशभक्त भन्ने कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जवरा नेतृत्व पनि असफल भएको छैन । देशभक्ति पनि देखिएन । अहिले संसद अधिवेशन बोलाईएको छ । कांग्रेसले पनि कुनै निर्णय गर्न सकेको छैन । अनिर्णयको बन्दी बनिरहेको छ । खासमा अहिले बजेट अधिवेशनको लागि संसद आह्वान गर्नुपर्ने हो तर प्रधानमन्त्रीले विस्वासको मत लिने भनिएको छ । देशमा कोरोना रहेको छ । निती तथा कार्यक्रम र वजेट ल्याउनुपर्ने अवस्था छ । त्यसैले मलाई लाग्छ अहिले जे जे भने पनि निती कार्यक्रम र
वजेटलाई प्रचण्डले समेत समर्थन गर्ने छन् । किनकि बाध्यता नै त्यहि आउन सक्छ ।

राप्रपा नेपालको मुल निती के हो ?
राष्ट्यिता, प्रजातन्त्र र उदारवाद हाम्रो मुल नीति हो । हुन त अर्को राप्रपाको निती पनि त्यहि छ । उहाँहरु त्यो निती अडिन सक्नु भएन । अब यसलाई हामी पूर्ण पालना गर्छौ । हाम्रो पार्टी एजेण्डा राजसंस्था, हिन्दु अधिराज्य र अखण्ड नेपाल हो । अहिले देशमा लोकतन्त्रको नाममा जुन लुटतन्त्र चलिरहेको छ यसका विरुद्ध हामी बोलिरहेको छौं । कोभिड पछि हामी सशक्त आन्दोलनमा जाने छौं । अहिले हामी आफु पनि बचौं र बचाऔं भन्ने अभियानमा छौं । बाचे न केही गर्ने हो । त्यसैले सबै सजग रहौं र आफ्नो आवाज बुलन्द गर्दै जानु पर्दछ ।

जनताले फालेको राजा फेरी सल्बलाउन थाले नि ? तपाई पनि निरन्तर राजा चाहिन्छ भन्दै आउनु भएको छ ?

नेपालमा राजा जनताले फालेको होइनन् । अब जनताले नै ल्याउँछन् राजा । तत्कालिन माओवादी सडकबाटै आएको हो । अब राजा पनि सडकबाट नै ल्याउनु पर्छ । नेपालमा राजा फाल्दै संघीय गणतन्त्र आयो तर यसले राजनीतिक सथायीत्त्व दिएन । । त्यसैले नेपालमा राजसंस्था जनताले सडकमबाट नै ल्याउँछ, ल्याउनुपर्छ । अहिले चीन र भारतले पनि महसुस गरिसकेका छन् । अहिले भारतमा राजामाथि गरिएको स्वागतले स्पष्ट भईसकेको छ । राजालाई मेलामा जुन स्वागत गरियो यस आम नेपालीका लागि तरंग र आसा पनि जगाईरहेको छ । किनकि उनीको क्षेत्रिय सुरक्षाका कारणले पनि यस्तो अवस्था देखा परेको हो । नेपालको राजनीतिको ट्याक १२ बुदें सहमतिबाट बिग्रिएको हो । आखिर २००७ सालदेखि पछिल्लो जनआन्दोलनसम्म भारतले गराईदिएको थियो भन्ने सुनिन्छ । यहाँ नक्कली राजावादी धेरै छन् । सक्कली त हामी हौं, त्यसैले हामी चुरीफुरी गर्दैनौ । हामी समय कुरेर बसिरहेका छौं । अहिले तीन वटा दल मिलेर राप्रपा बनेको छ उनीहरुलाई जनताले विस्वास गर्न छाडेका छन् । त्यसैले राजालाई सडकबाट ल्याई वर्तमान संविधानको गणतन्त्र रहेको धारालाई संशोघन गरि राजासंस्थाको स्पेश राख्नुपर्दछ । अबको राजनीति त्यहि ढंगले गए मात्र देशको राजनीतिले शान्ति र स्थिरता हासिल गर्नेछ ।

पछिल्लो राजनीतिक परिवर्तन विदेशीले ल्याइदिएको भन्न खोज्नु भएको हो ?

त्यो त प्रष्टै छ नि । २०६३, ६३ को जनआन्दोलनपछि पनि विदेशी भुमिका रोकिएन । स्थायी सत्ता र राजा सहितको प्रजातन्त्रमाथि प्रहार भयो । जसले नेपाली जनता र देशको अवस्था कमजोर बनाई रहेको छ । त्यसैले राजसंस्था, सनातन हिन्दु अधिराज्य र अखण्ड नेपाल अनिवार्य भईसकेको हाम्रो जोडदार माग पनि त्यही हो । जुन आडमा फोहोरी राजनीति सुरु भयो । अहिले प्रजातन्त्रको नाममा जुन फाँसीवाद चलिरहेको छ त्यसको विरुद्धमा सबै लाग्नूपर्दछ । त्यसैले अब राजसंस्था पुनस्थापना भएन देश नै विघटन हुन्छ र देश सिरिया वा अफगानिस्तानको बाटोमा जान्छ । देशमा आज जुन काले काले मिले खाउँ भाले भने जस्तै भईरहेको छ यसको हामी सबैले प्रतिकार गर्नुपर्दछ । राजनीतिक दलहरु सत्तामा त आए । तर यिनीले केही गरेनन् । आज सबैतिरबाट आन्दोलन र विरोध मात्र भईरहेको छ तर यो सराकार कसैको कुरा सुन्दैन । राष्ट्रियताको जुन आवाज उठिरको छ, त्यसमा समेत राजनीतिक दलहरु नक्कली देखा परेका छन् ।

त्यसो भए अहिले दलहरुले बोलेको कुरा पूरा गरेनन् ?

अवश्य पनि हो, यसमा मैले भनिरहनु नै पदैन, हामी सबैले देखे सुनेकै छौं । पार्टीहरुले बोलेको शब्दावली खोई ? देश अविकसित छ, जनता दिनानु दिन कमजोर र गरिव भईरहेका छन् । १७ हजार मान्छे मारेर ल्याएको यो व्यवस्थाको उपलब्धी खोई ? नेपालको जलस्रोत, सुरक्षा र परराष्ट्रमा भारतले आँखा गाडेको भनिएको छ । यसमा हामी नै चनाखो बनेर देश र जनताको पक्षमा काम गर्नुपर्ने हो तर त्यसरी राजनीतिक अघि बढ्न सकिरहेका छैनन् । नेपाल सनातनदेखि पुरानो भूमि हो । हिजो राजा घेराबन्दीमा थिए आज ओली पनि घेराबन्दीमा परेका छन् । यहाँ जुन बोल्ने स्वतन्त्रता भनिएको छ, त्यो छैन सिमित व्यक्तिहरुले मात्र पाएका छन् । देशमा हाल संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्र हुंदैं नयाँ संविधान समेत आएको बताईएको छ । तर व्यवस्था परिवर्तन बाहेक नेपाली जनताको दिनचर्यमा कुनै परिवर्तन आएको छैन । बरु देश नै नरहने अवस्था पु¥याएका छन् । देशमा वाम तथा कम्युनिष्ट सरकार रहेको छ, तर देश र जनताका लागि केही गरेन । दुई दुई पटकसम्म संविधानसभाको निर्वाचन भई नयाँ संविधान आयो । लगतै प्रतिनिधिसभा, प्रदेशसभा र स्थानिय तह सहितको तीन तहको निर्वाचन भई अहिले दुई तिहाईको वाम सरकार चलिरहेको छ । अहिले संसद समेत विघटन भई ब्युतिएको अवस्था छ, तर संसदले काम गर्न सकिरहेको छैन । दलहरुमा असहमति भईरहेको छ । दुई तिहाईको सरकारले केही गर्न नसक्नु, पार्टी भित्रकै झगडाले प्रतिनिधिसभा भंग गर्नु, प्रमुख प्रतिपक्षी दल जनताप्रति जिम्वेवारी बहन गर्न नसक्नु विडम्वना बनेको छ । अहिले संसद ब्यँतिएपछिको राजनीतिक अवस्था पनि देखेका छौं । प्रदेशहरुमा देखिएको फोहोरी राजनीतिक खेल पनि दखेकै छौं । जनतामा निरासा तुल्याएको छ । जनता रोग र भोकमा भएको बेला जनताको पक्षमा काम गर्नुपर्नेमा त्यसो भईरहेको छैन । त्यसैले अब यो व्यवस्था अब चल्ने अवस्था छैन ।

राम्रो कुरा पनि होला नि यो व्यवस्था भित्र ?

नेपाल र नेपालीको स्वाभिमान संघीय लोकतान्त्रिक गणतन्त्र भनिएता पनि कमजोर देखियो । वैदेशिक निती पुरै असफल भएको छ । भ्रष्टाचार, कालाबजारी, दलाली, अन्याय, अत्यचार, बलात्कार, मुल्यवृद्धि, करवृद्धि, बेराजगारी, विभेद र वेतिथि बाहेक जनताले केही पाएनन् । र देश पुरै परनिर्भर भएको छ । देशको उत्पादनमा ध्यान दिन नसक्दा यस्तो अवस्था आएको हो । अहिले आफुलाई ठुलो दल बताउनेहरुले आफ्ना सिद्धान्त, उद्देश्य र विचार छाडिसके । आज दलको नेताहरु व्यक्तिगत र पार्टीगत स्वार्थ भन्दा माथी उठ्न सकेका छैनन् । प्रजातन्त्रको अनुभुती दिन सकेनन् । प्रमुख राजनीतिक दलहरुले देशभक्ति र स्वाभिमानलाई भुलेर आफ्नो स्वार्थ अनुकुलको संघीयताको संरचना बनाए । हिमाल, पहाड, तराई मधेश कोही छैन पराई भन्ने भाव राखी सबै पक्षलाई समेट्दै गास, वास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, शान्ति सुरक्षा, राष्ट्रियता, लोकतन्त्र, आर्थिक समृद्धि र सामाजिक न्याय सहितको समतामुलक समाज स्थापनाको लागि निरन्तर संघर्ष गर्ने छौं । कथित नयाँ संविधानले भने जस्तो समाजवाद मुखले भनेर मात्र हुदैन, हामी व्यवहारले गरेर देखाउन चाहन्छौ ।

राजनीतिक दलहरुमा देशभक्ति पनि देखिएन ?
पृथ्वीनारायण शाहले नेपालको एकिकरण गर्दै विश्व सामु स्थापित गर्दै जननी नेपाल भूमीको पहिचानलाई फराकिलो पारे । उहाँले बाईसे चौविसे राज्यहरुलााई एकिकरण गर्दै एकिकृत तथा अखण्ड नेपाल बनाए । नेपाल र नेपालीलाई एकताको शुत्रमा बाध्ने काम गरे । त्यहि बीचमा १०४ वर्ष राणा शासन चल्यो । राजालाई खापीमा राखि राणाहरुले शासन गरे । २००७ सालमा प्रजातन्त्र आयो तर देशमा राजनीतिक अस्थिरता भयो । त्यसरी राजा महेन्द्रले पञ्चायतको घोषणा गरे । ३० वर्षे पञ्चायतकालमा देशले काँचुली फेर्यो । शुसासनको अलावा धेरै कलकारखानाहरु बनाए । बहुदल आयो तब देशको अढोगति सुरु भयो । पछिल्लो राजानीतिक परिवर्तनले राजा फ्याकि गणतन्त्र र गणतन्त्र आयो भनिएको छ तर देश र जनताले केहि पाएनन् ।

फेरि राजसंस्था र हिन्दु अधिराज्य आउला ?

नेपालमा सनातनदेखि नै हिन्दु अधिराज्य र राजसंस्था परम्परादेखि रहेको सबैलाई जग जाहेर नै छ । नेपालको राजसंस्था विश्वमा स्थापित हुनुको साथै गौरवान्तित थियो । त्यस्तो मुलुकलाई राष्टिय एकताबाट विमुख गरियो संघीय गणतन्त्र लादियो । विदेशी इशारामा हिन्दु अधिराज्य र राजा हटाईयो । यसबीचमा देशमा आतंक, भ्रष्टाचार, लुटपाट, विसंगति विकुति मात्र भए । बहुदल पछि निजीकरणको नाउँमा सबै उद्योग धन्दा बचे । विश्वको एक मात्र हिन्दु पहिचान समाप्त पारे । कथित गणतन्त्र र धर्मनिरपेक्षता घोषणा गर्दै सिमित नेताहरुले अकुत सम्पक्ति आर्जन गरे । देश र जनतामा कुनै परिवर्तन आएन । नेपाली जनता यति बेला निकै निरास र आक्रोस छन् । भुलभुलैयामा संघीयता र धर्म निरपेक्षतालाई समर्थन गरेकोमा घोर पश्चाताप गरिहेका छन् । गणतन्त्रवादी लेण्डुप दार्जी प्रवृत्तिका लुटेराहरु बाहेक आम जनता र सम्पूर्ण न्यायप्रमी जनता राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा रहेका छन् । जनताको नासो जनतालाई फिर्ता गरेका राजामाथि नै धोका भयो । विदेशी इशारामा यस किसिमको क्रियाकलाप भएको थियो । त्यसैले विदेशी भूमिमा १२ बुंदे सहमतिको आडमा जुन दोस्रो जनआन्दोलन भएको भनिएको छ, त्यहिबाट नेपालको राजनीति दुषित भएको हो ।

तपाईहरुको आन्दोलन झन कमजोर हुंदै गईरहेको छ नि ?
अहिले यो कोरोनाको बीचमा कसैको आन्दोलन छैन । गर्ने अवस्था पनि छैन । विचार एजेण्डा र नेतृत्व विहिन आन्दोलनले कहिँ कतै पुगिदैन । राजा र जनता विना देश जोगिदैन । हो अहिले शासन सत्ता नै परिवर्तन आवश्यक छ । जसलाई विस्वास उनीहरुबाट धोका मात्र भएको छ । यिनीहरु विदेशीको इसारा विना सरकार चल्नै सक्दैन । हामी आन्दोलन र परिवर्तनको विरोधी होईनौ । राष्ट्रलाई विघटनको बाटोमा लैजाने संविधान र अहिलेको व्यबस्थाको विभेदकारी रहेकाले यसलाई फ्याकी नयाँ व्यवस्था ल्याउनु पर्दछ । किनकि यो संविधानले राष्ट्वादीहरुको ठुलो शक्तिलाइ्र्र निषेध गरेको छ । अहिले देशमा कम्युनिष्ट सरकार जुन भनिएको छ पहिलो त नेपालमा कम्युनिष्ट नै छैनन् । नयाँ अधिनायक नव सामन्तवादी हुन् ।

तपाईहरुले पनि अहिलेको अवस्थामा केही गर्न सक्नुभएन नि ?राप्रपाले पनि राजसंस्था, हिन्दु अधिराज्य र अखण्ड नेपालको एजेण्डामा अडिग रहन सकेन । पाएको जनमतलाई जोगाउन सकेन । नेताहरुबीच व्यक्तिकेन्द्रीत लडाईले पार्टी कमजोर हुँदै गएको छ । त्यसैले आज दुख पाईरहेको छ भने एजेण्डा विहिन भएको छ । त्यसरी हामी नयाँ ढंगले अघि बढ्न बाध्य भयौं । अहिलेको अवस्थामा कम्यूनिष्ट तथा नेपाली कांग्रेसको कुनै आफ्नो विचार छैन, उ अरुको एजेण्डामा समय वर्वाद गरिरहेको छ । यो अवस्थामा राप्रपा नेपालले महत्वपूर्ण भूमिका निभाउन सक्नू पर्दछ । अब हामी देश र जनतालाई प्रजातन्त्रको अनुभुती दिलाएर व्यवहारिक रुपमै आधुनिक समाजवाद जसमा अहिलेको व्यबस्थालाई भङ्ग गरेर नेपाल र नेपाली भएर बाँच्ने, देशलाई समृिद्धको बाटोमा लगेर जनतालाई भ्रष्टाचार निर्मुल पारी शुसासन र देशको समृद्धि हासिल गर्ने तर्फ केन्द्रित हुनेछौं ।

संसद विघटन भयो र सर्वोच्च अदालतले ब्यँताईदियो यसलाई के भन्नुहुन्छ ?

अहिलेको संसद विघटनले थोरै भए पनि देश जोगाउने काम गरेको थियो, ब्युतियो झगडा देखेकै छौं । तर हामी यो संविधान र यो व्यवस्थाकै खिलापमा रहेको छौं । भौतिक विकासमा पछि परेपनि प्राचिनकालदेखि नै नेपाल विश्वको राज्यनिर्माण पक्षमा बलियो थियो र छ । देशमा उत्पादन छैन, अर्काको देशको भरमा देश चलेको छ, बाँच्नु परेको छ, नेपाली युवायुवतीहरु श्रम बेच्न विदेशको तातो घाममा जानुपरेको छ । आफ्नो देशमा जन्मेर पनि शासक वर्गको कमजोर नितीले गर्दा देश विकास भएन । भएका कलकारखाना बरु बेचेर खाए, खाली कमिशनमा रमाईरहेका छन् ।

भनेपछि यो व्यवस्था काम लाग्दैन ?

देशमा कुनै किसिमको आर्थिक उत्पादन छैन, भष्ट्राचारमा लिप्त छ, महाकाली बेचे, आज फेरी लिम्पियाधुरा र लिपुलेकको कुरा आएको छ । राष्ट्रियता, धर्म र देश नै बेचेपछि पहिचान कहाँ रह्यो र ? राष्ट्रिय एकता र विखण्डनबाट रोक्न पनि राजसंस्था चाहिन्छ भनेका छौं । हाम्रो देश एकल र एकात्मक राज्य हो, धर्म, परम्परा र कला सस्कृतिको रक्षा गर्नका लागी र देशलाई विघटनबाट रोक्नका लागी पनि हिन्दु अधिराज्य र राजसंस्था चाहिन्छ । त्यसैले हामीले देश बचाउन र नागरिकको संरक्षर, स्वामित्वको अधिकार र अस्तित्वको संरक्षरको लागि राजसंस्था भनेका हौं । कुनैपनि कुराको समय आउंछ, त्यसैले सम्पूर्ण तहतप्कामा रहनुभएको आम जनता एकजुट हुन आह्वान गर्दछौं ।

यस्तो अवस्थामा तपाई तथा पूर्व राजाको भूमिका खोई ?

हामीले सधैं राजनीतिक र सामाजिक विकृति विरुद्ध बोलिरहेका छौं । राजसंस्था र हिन्दु अधिराज्यको लागि निरन्तर आवाज उठाईरहेका छौं । राजाले हामीले झैं बोल्दै हिड्ने कुरा आउँदैन । हामी जनताको लेभलबाट बोल्ने हो । राजाले कुटनीतिक तवरले कदम चाल्ने हो । तपाईलाई अहिलेको महत्वपूणे कुरा बताउँकि अहिलेको ओलीलाई टिकाउने काम भारत तथा राजाबाटै हो । हामी ओली सरकारको विरोध मात्र गर्दैनौं । लिम्पियाधुरा कालापालीको जग्गा नेपालको नक्सा राख्ने काम जुन गर्यो त्यो महत्वपूर्ण रहेको छ । राष्ट्यिताको सवालमा पनि केही गर्न खोजे जस्तो देखिन्छ ।


सम्बन्धित खवर

अन्तर्वार्ता