सिन्धुपाल्चोक कांग्रेस आउँदो चुनावमा बलियो रुपमा प्रस्तुत हुन्छ पासाड नोवु शेर्पा, युवा नेता, नेपाली कांग्रेस


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं  | नेपाली काँग्रेसका सक्रिय युवा नेता तथा नेपाली कांग्रेस तरुण विभागको केन्द्रीय सदस्या एवं विदेश सम्वनय संयोजक समेत रहेका छन् । सामान्य किसान परिवारमा हुर्केबढेका उनी मिलनसार, सहनसील र केटाकेटी, युवा र बुढाबुढी सबैसंग मिल्न सक्ने स्वभावका उनी आफुले आँटेको र जिम्मेवारीलाई सफलतापूर्वक पूरा गर्ने गरेको सुनाए । सुरुदेखि नै माओवादी जनयुद्ध हुंदै नेपाली काँग्रेससंग प्रभावित भई साधारण सदस्यबाट राजनीति सुरु गरेका उनले लोकतन्त्रमा विस्वास राखी निरन्तर देश, जनता र पार्टीको सेवा गर्दै आएका छन् । जिल्लाको तत्कालिन स्थानीय नेताहरुको प्रभाव र विपी, कृष्ण प्रसाद भटराई, गणेशमान सिंह लगाायतलाई पनि बुभ्m्ने अवसर पाएं । भुगोल तथा संगठनबाट राजनीति सुरु गरेका हुन् । व्यापार र सामाजिक सेवाको अलावा हाल पुरै राजनीतिमा सक्रिय रहेका छन् । अध्ययनका क्रममा माओवादी जनयुद्धमा विस्थापित समेत हुनु पर्यो । साथै राजनीति तथा समाजसेवामा आफु भनेर आउनेलाई हमेसा सहयोग गर्दै आएको छु हामीसंग कुरा गर्दै भने । उनी पार्टीको एक इमान्दार सिपाही हुन् भन्दा फरक पर्दैन । नेपाली जनताले दुई तिहाई मत दिएर कम्युनिष्टहरुलाई सत्तामा पुर्याए तर देश र जनताको लागि केही गर्न सकेनन् । अब उहाँहरुले कसैलाई दोष दिने अवस्था छैन । दोषको भागीदार उहाँहरु आफै हुनुहन्छ ।

तपाईका परिचय ?
मेरो नाम पासाड नोर्वु शेर्पा हो । मेरो जन्म २०४२ वैशाख ४ गतेका दिन बुबा दावा ग्याल्जेन तामाड र आमा छाएसाड तामाडको कोखबाट भोटेकोसी ५ सिन्धुपाल्चोकमा भएको हो । म सामाजिक, व्यापारिक र राजनीतिक रुपमा सक्रिय हुंदै आएको छ ।

तपाईको स्वभाव तथा पारिवारिक आर्थिक सामाजिक अवस्था ?
सहनशील मिलनसार र केटाकेटीदेखि युवा र बुढाबुढीसम्म सबैसंग मिल्ने स्वभाव रहेको थियो, छ । पारिवारिक आर्थिक सामाजिक अवस्थाको कुरा गर्दा मध्यम वर्गीय किसान परिवारमा हुर्केबढेको हुं । अत्यन्त विकट गाउँ ठाउँमा मेरो जन्म भयो । वर्ष दिन खान गाह्रो थियो । यसले गर्दा पढाई लेखाईमा समस्या भयो । अर्को माओवादी जनयुद्धले पनि निकै प्रभावित हुन पुग्यो । धेरै विस्थापित भए भने बाध्यताले माओवादीमा लाग्न बाध्य भएं । म आफै पनि त्यहाँको अवस्थाले तत्कालिन माओवादीमा लाग्न बाध्य भएं ।

तपाई जन्मे हुर्केको गाउँ ठाउँको अवस्था ?
नेपाल यसै पनि भौगोलिक रुपमा विविधता रहेको छ । सिन्धुपाल्चोक राजधानीबाट नजिकै छ तर विकासको हिसावले हाम्रो क्षेत्र पछाडि छ । अर्को कमजोर डाँडापाखा र खेतीयोग्य जमिन कम हुनु र शिक्षाको कमि हुनु आदिले गर्दा म जन्मे हुर्केको ठाउँ विकट रहेको छ । अहिले केही हदसम्म उठ्ने कोसिस गरिरहेको छ । हामीले शिक्षा तथा विकास निर्माणमा निकै काम गरिरहेका छौं ।

सामाजिक राजनीतिक यात्रामा कहिलेदेखि सक्रिय हुनुभयो ?
म जन्मेको जिल्ला अथवा मेरो गाउँ ठाउँ तत्कालिन माओवादीको जगजगी थियो । त्यसरी बाध्य भएर २०५८ सालदेखि माओवादीमा लागियो । मेरो दाई त विस्थापित नै हुनुभयो । मलाई सेनाले यातना दियो, हिरासतमा राख्यो । हाम्रो घर समेत भत्काईदियो । त्यसरी म माओवादीमा सक्रिय हुंदै माओवादी सेनाको क्यान्टिनमा लामो समय बसें । राजनीतिक रुपमा धेरै कुराहरु पनि सिकियो । जब माओवादीहरु शान्ति प्रक्रियामा आए उनीहरुको रवैया राम्रो लागेन । अझ प्रचण्ड प्रधानमन्त्री भए उनले हिजो के गर्छु भनेका थिए र के गरे हामी सबैले देख्यौ । त्यसरी त्यस पार्टीमा बस्न मन लागेन । विचार, सिद्धान्त अनुसार चलेनन्, कार्यशैली पनि मन परेन । त्यसपछि म त राजनीतिक नसा लागिसकेको मान्छे । राजनीति भन्दा टाढा बस्ने कुरा पनि आएन । त्यसरी ०६४ मा नेपाली कांग्रेसमा प्रवेश गरेको हुं ।

माओवादी जनयुद्धमा लागिरहंदा केका लागि लडेको भन्थे ?
उनी युग परिवर्तन गर्न लडेको भन्थे । जातपात केही होईन भन्थे । विभेद हटाउने र विकास निर्माणको धेरै कुरा हुन्थ्यो । म आफै पनि भौगोलिक हिसावले कमजोर ठाउँमा हुर्के बढेको मान्छे । जुन एजेन्डाले मलाई पनि तात्यो र आसा पनि लागेको थियो । तर जनयुद्धमा जसरि लागिएको थियो, शान्ति प्रक्रियामा आएपछि ति एजेण्डाहरु बिर्से । तर नेपालमा युग नै परिवर्तन नभएको चांही होईन । राजतन्त्रको अन्त्य गर्दै संघीय गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी व्यवस्था आयो । यसलाई एउटा युग परिवर्तनको रुपमा लिनै पर्छ ।

नेपाली कांग्रेसमा आउने प्रेरणा कहाँबाट पाउनु भयो ?
बाध्यतामा माओवादीमा लागेको मान्छे । विचार सिद्धान्त सबैका राम्रा हुन्छन् । माओवादीको राम्रो थियो । तर पात्र र क्रियाकलाप राम्रा भएनन् । त्यसरी मलाई माओवादी पार्टी मन परेन । आखिर भयो पनि त्यस्तै । त्यहि कारणले आज कमजोर अवस्थमा पुगिरहेको छ । भोटेकोसी गाउँपालिका यसै पनि माओवादी जगजगी थियो छ । अहिले पनि हाम्रो पोल्टाबाट अन्त नजाओस भन्ने छ । तर हामी मिहेनत गरिरहेका छौं । कांग्रेसको विचार सिद्धान्त बाँढ्ने र विकास निर्माणका कामहरु गरिरहेका छौं । अमृत बुढाथोकी (तरुण दल), राजकुमार थापा (भोटेकोसी ६ का अध्यक्ष) र यता केन्द्रीय सदस्य तथा पूर्व मन्त्रीहरु मोहनबहादुर बस्नेत, शंकर भण्डारी लगायतको प्रेरणा र आग्रहमा कांग्रेस प्रवेश गरेको हुं । पछि त कांग्रेसका संस्थापक नेताहरुलाई बुझ्ने अवसर पाएं, कितावहरु पढें झन प्रभावित भएं । त्यसरी पार्टीमा तन मन धन सहित लागिरहेको छु ।

तपाई कुन गुठको नेता ? कांग्रेस त गुठ नै गुठमा अडेको छ नि ?
गुठ त नेपाली कांग्रेसमा मात्र होईन सबै पार्टीमा रहेको छ । कम्युनिष्टमा झन बढी छ, टुक्रा टुक्रामा विभक्त छन् । म नेपाली कांग्रेसको एक सञ्चा सिपाही तथा कार्यकर्ता हुं । मेरो गुठ छैन ।

सिन्धुपाल्चोकमा वामपन्थीहरुबाट सभामुखदेखि मन्त्री बनेका छन् विकास निर्माणमा काम के के भएका छन् ?
तपाई राम्रो प्रश्न गर्नुभएको छ । जिल्लाले सभामुखदेखि मन्त्रीसम्म पाउनु गौरव र राम्रो कुरा हो पार्टी फरक भएपनि । तर काम के के भए भन्दाखेरी सिन्को भाँचिएको छैन । आज सिन्धुपाल्चोकमा जति विकास भईरहेका छन् त्यो कांग्रेस नेतृत्वले गरेका काम गरेको छ । हाम्रो पार्टीका नेता पूर्वमन्त्री मोहनबहादुर बस्नेतले धेरै विकास निर्माणको काम गर्नु भएको छ । कति कामहरु प्रक्रियामा रहेका छन् । कम्युनिष्टका नेताहरु पटकपटक सरकारमा गएको भएपनि सम्झन लायक कामहरु खासै भएका छैनन् ।

काम तपाई गर्ने, चुनाव अर्को पार्टीले जित्ने, त्यस्तो पनि हुन्छ र ?
वास्तवमा त्यही भईरहेको छ । ठुलठुला विकास निर्माणको काम कांग्रेस नेतृत्वले गर्दै आएको छ । सिन्धुपाल्चोकलाई बनाउने पुरै रोडम्याप हाम्रै हो । अर्को सिन्धुपाल्चोकमा दैवी प्रकोप लगायत रोगभोकमा समेत हामीले जनताको हितमा काम गर्दै आएका छौं । सिन्धुपाल्चोकका विभिन्न बाढी पहिरोमा राहत वितरण निरन्तर गर्दै आएका छौं । कोरोनामा हामीले स्वास्थ्य सामग्री बाढ्नेदेखि लिएर जनताको सुख दुख र हरेक क्रियाकलापमा सक्रिय हुंदैं आएका छौं । बरु कम्युनिष्ट नेताहरुले हामीले बांडेको सामग्री नबाड्न दबाब दिईयो । विभिन्न पहिरोमा अस्पतालमा उपचार गरिएको खर्च सात लाखसम्म मैले तिरेको छु तर राज्यले तिरेन । त्यहांको कम्युनिष्ट नेताहरु हेलिकप्टर चढेर जानु हुन्छ तर राहत पनि छैन र राहतको घोषणा समेत गर्न सक्नु भएन गर्नुभएन । बाढी पहिरो तथा कोरोनामा परेर टुहुरा भएकाहरुलाई पढाईलेखाई गराउनुको साथै जीवनयापन र लालनपोषण समेत गर्दै आएका छौं । हो हामीले चुनावमा हारेका छौं, जनताले जिताएका पनि छन् । आखिर ५ वर्षमा अर्को चुनाव भईहाल्छ नि । चुनाव हार्नु भनेको सुध्रने मौका पनि हो । पार्टीलाई बलियो बनाउने गरी संगठन गरिरहेका छौं ।

अब त जित्नु होला नि कम्युनिष्टहरु फुटेका छन् आफु सुध्रने अनि चुनाव जित्ने होईन क्यारे ?
उहाँहरु फुट्नु र नफुट्नुको हामीलाई मतलव भएन । उहाँहरु मिले जुटे भईहाल्यो नि । हामीले फुटाएका पनि होईनौ । देशमा रहेका दलहरु फ्ट्नु राम्रो होईन भन्ने हाम्रो मान्यता रहिआएको छ । उहाँहरु आफ्नै कारणले जुट्ने फुट्ने काम गर्नु भएको हो । संसद विघटन गर्नुभयो उहाँहरुकै घर झगडाको कारणले । हामी त सवल सरल प्रतिपक्षकाो भूमिका निर्वाह गरिरहेका छौं । उहाँहरुको कुनै सैद्धान्तिक र विचारको झगडा थिएन । मात्र पद, पैसा र अवसरको झगडा हो । उहाँहरुको रवैया त जनताले हेरिरहेका छन् । हाम्रो कारणले होईन आफ्नै कारणले उहाँहरु कमजोर हुनुभएको हो । त्यसैले हामीले कुनै पार्टि फुटे जित्ने नफुटे हार्ने अवस्था छैन र त्यस्तो हुने पनि छैन । हाम्रो आफ्नै विचार सिद्धान्त र बलवुत्ताले जित्छौं ।

 

क्रियाशील सदस्यता विवाद र पार्टीको अवस्था के छ ?

पार्टीको क्रियाशील सदस्यता वितरण र नविकरण विवाद टुंगिएको छ । जिल्लामा पार्टीका नेताहरुबीच एकता हुन नसक्दा त्यस्तो अवस्था देखा परेको हो । एकाध चुनावहरुमा पराजित भएपनि हामी कमजोर छैनौ । अहिले हामीले पार्टीलाई एक ढिक्का बनाउनुको साथै संगठन मजबुत बनाउने अभियानमा छौं ।

महाधिवेशनमा तपाईको दाबी के हो ?

मेरो चाहना महाधिवेशन प्रतिनिधि हो । पार्टी भित्र छलफल भईरहेको छ र हुन्छ । अर्को यसमा जिल्ला पार्टीले मेरो आवश्यकता ठान्छकि ठान्दैन त्यसमा भर पर्दछ । अग्रज नेता, कार्यकर्ता तथा प्रतिनिधिहरुले जे भन्नु हुन्छ म त्यही गर्छु । अहिले नै भन्न सक्ने अवस्था छैन ।

सिन्धुपाल्चोक पार्टीले चुनावमा किन हा¥यो ?
चुनाव हार्नुको मुख्यतः तिन वटा कारण रहेका छन् । पहिलो वाम गठबन्धन, टिकट वितरण विवाद रहित हुन नसक्नु, अर्का काँग्रेसको एउटा रोग सबैलाई थाहा छकि पार्टीभित्रकै अन्तरघात । टिकट वितरणमा एकरुपता नहुंदा स्थानिय तह चुनावमा केही कमजोर भएका छौं । प्रदेश अन्तर्गत निर्वाचन क्षेत्र २ ख मा हामीले जितेको अवस्था छ । आगामी दिनमा बलियो रुपमा प्रस्तुत हुन्छौ ।

हाल राजनीति कसरी अघि बढिरहेको देख्नु भएको छ ?

खासमा नेपाली राजनीति पुरै फोहोरी खेलमा दुबेको छ । कम्युनिष्टहरुले देशलाई वर्वाद बनाईरहेका छन् । अझ संसद विघटन गरेर देशलाई अनिर्णयको भूमरिमा फसाउदै थिए तर सम्मानित सर्वोच्च अदालतले जोगाईदियो । सर्वहाराको कुरा गरेर जनतालाई गरिब बनाईरहेका छन् । उनीहरुले राजनीतिलाई पद र पैसा कमाउने मेलो मात्र बनाएका छन् यसको सबै देशभक्तहरुले भण्डाफोर गर्न जरुरी भईसकेको छ । वास्तवमा पुरानो राजनीतिलाई बिश्लेषण गर्ने हो भने अहिलेको राजनीति केही पनि होईन रहेछ । विपीले जस्तो संघर्ष अहिले नेता वा तपाई हामीले गर्न सक्दैनौ । तत्कालिन राजा महेन्द्रले पञ्चायती व्यवस्थाको सुरुवात गरे । त्यस्तो अवस्थामा पनि कहिंकतै विचलित नभई जिवन पर्यान्त संघर्ष गर्नुभयो । उनैले जन्माएको पार्टी देशको ठुलो प्रजातान्त्रिक पार्टी बनेको छ । त्यस्तो गौरवशाली पार्टीको सिपाही हुन पाउंदा गर्व महसुस हुन्छ । यद्यपी पार्टीले धेरै कुरा सुधार गर्न आवश्यक छ । साथै, अहिलेको राजनीति शुद्धिकरण आवश्यक छ । सबै र सबैलाई अट्ने काँग्रेस बनाउन आवश्यक छ । यसमा नेतृत्वको ध्यान पुग्न जरुरी छ ।

काँग्रेस झन किन यति धेरै कमजोर भयो ?

नेपाली काँग्रेसले आफु हारेर पनि संधैं देशलाई जिताउंदै आएको छ । नेपाली काँग्रेस जन्मेदेखि आजसम्म के कति संघर्ष ग¥यो तपाई हामी सबैले देखे, सुने बुझेकै छौं । २००७ देखि पञ्चायत फाल्ने आन्दोलनदेखि लिएर दुईवटा जनआन्दोलन हुंदै आज देशमा जुन राजनीतिक परिवर्तन भएको छ, त्यो काग्रेसको कारणले मात्र सम्भव भएको हो । सुशील कोइरालाको नेतृत्वमा संविधान बनायौं । काँग्रेसले देश र जनताका लागि निरन्तर संघर्ष ग¥यो । २०६४ सालको पहिलो संविधानसभा चुनावमा हार्दैछौं भन्ने थाहा हुंदाहुदै पनि देशले निकास पाउनुपर्छ भन्ने हेतु सहित गिरिजाप्रसाद कोइरलाले चुनाव गराउनुभयो । यस पटकको चुनावमा पनि हामीले त्यसै ग¥यांै । बल्लतल्ल आएको संविधानलाई कार्यान्वयन र संस्थागत गर्नुपर्ने अवस्था थियो । आज वाम गठबन्धनले दुनियाँ कुरा गरेर संसदमा दुईतिहाई त ल्याए तर देश र जनताका लागि के गरे त ? संविधान कार्यान्वयन कहाँ पुग्यो ? विभिन्न काण्डहरु कहाँ पुग्यो ? सुशासनमा सरकार कहाँ छ ? तर सरकार कानमा तेल हालेर बसेको अवस्था छ । एत्रो कोरोना रोग चलिरहँदा जनताले राहत पाउने भन्दा पनि स्वस्थ्य सामग्री खरिदमा भ्रष्टाचारमा गरे । त्यसैले हामी कमजोर छैनौ, चुनावमा हारजित त भईरहन्छ ।

तर कांग्रेसलाई पनि आन्तरिक द्धन्द्धले कहिल्यै छाडेन ?

काँग्रेसभित्रको गुठउपगुठको कुरा उठाउन खोज्नु भएको होला । नेपाली काँग्रेस एक मात्र पुरानो प्रजातान्त्रिक पार्टी हो । यस पार्टीमा सबैलाई आफ्नो कुरा राख्ने स्वतन्त्रता सबैमा छ, त्यसैले लोकतन्त्रको लागि आन्दोलनको नेतृत्व ग¥यौं । तर हामी नै अराजक बन्यौ भने यसको फाईदा अरुले लिन्छन् लिईरहेका छन् । कम्युनिष्ट पार्टीमा जस्तो बोल्नमा बन्देज छैन, हुंदैन । ठुलो पार्टी छ, मनमुटाव हुन्छन्, गुठहरु हुन्छन् । प्रजातन्त्रको सुन्दरता पनि त्यहि हो । आखिर अधिवेशनमा प्यानल हुन्छन्, एउटाले जित्छ, अर्कोले हार्छ । हार्नेले आफ्नो पोजिसन देखाईरहनु ठिकै हालो तर पार्टीलाई घाटा हुने गरी नेताहरु चलिरहंदा आम कार्यकर्ता, शुभचिन्तक, जनता दुखी हुनु स्वाभाविक हो । त्यसैले आम नेता कार्यकर्ता सच्चिन जरुरी छ । यसमा सवालमा तपाईको प्रश्न ठिकै छ ।

सरकारको निरन्तर विरोध मात्र गरिरहेको छनि कांग्रेसले ?

विरोधको नाउँमा विरोध गरिरहेका छैनौ । सडक सरकार उहाँहरुकै हातमा रहेको छ । भ्रष्टाचारका विभिन्न प्रकरण आए तर कारवाही भएन । प्रतिपक्षी दलका नेताहरु पनि विभिन्न प्रकरणमा सहभागी भएको कुरा आईरहंदा दुईतिहाईको सरकार छ, छानविन गरे भईहाल्यो नि त । उक्त कुरा हाम्रा नेताहरुले पनि भन्दै आउनु भएको छ । तर उहाँहरु काण्डै काण्डमा अल्मलिरहनु भएको छ । दुई तिहाईको सरकार छ, जनताको पक्षमा धमाधम काम गरेको भए हुने नि तर त्यसो गरेनन् पार्टी भित्रको आन्तरिक द्धन्द्धमा फसिरहनु भयो । उहाँहरुलेझै हामीले संसद अवरोध गर्ने, सडक आन्दोलन गर्ने, रेलिङ भाँच्ने काम त गरेका छैनौ । यस्तो सजिलो प्रतिपक्ष विश्वमा कहि पनि पाईदैन । राम्रा कामको समर्थन, गलत कामको संसदमा आवाज उठाउने काम त गरेका छौं । अहिलेसम्मको अवस्थालाई हेर्दा वाम सरकारको काम राम्रो छैन । त्यसैले हामी निरन्तर संगठन सुदृढिकरणमा केन्द्रित भएर काम गरिरहेका छौं ।

नेपाली कांग्रेसले पनि अवसर पाउँदा देशका लागि केही गरेन नि ?

ल हामीले गल्ती गरेकै कारणले हामी भोट पाएनौ, कम्युनिष्टहरुले दुई तिहाई पाए । के कांग्रेसले जति पनि काम गर्न सकेन । हामीलाई दोष दिएर उम्कने ठाउँ छैन । उहाँहरुको पार्टी भित्रकै आन्तरिक द्धन्द्धले केही गर्न सक्नु भएन जुन कुरा उहाँहरुले नै भन्दै आउनु भएको छ । यो देशमा नेपाली काँग्रेस बिना कुनैपनि आन्दोलन र राजनीतिक परिवर्तन सम्भव भएको छैन । संविधानसभाबाट संविधान ल्याउन समेत नेपाली काँग्रेस नै चाहियो । अहिले कम्युनिष्टले भने जस्तो समृद्धि पनि काँग्रेसबाट मात्र सम्भव छ । उनीहरुलाई संसदीय व्यवस्थामा हाम्रै पार्टीले ल्याएको हो । समाजवाद, बहुलवाद र आर्थिक उदारवादको निती समेत हाम्रै हो । त्यसैले यो देशमा नेपाली काँग्रेस ठुलो योगदान र संघर्ष गरेको छ । आज गाउँ गाउँमा सडक पुर्वाधार पुगेका छन् । विद्युत, खानेपानी, शिक्षा, सञ्चार, वित्तिय संस्था आदिमा जुन प्रगति भएका छन्, ति सबै नेपाली काँग्रेसकै उदारीकरणको नितीले भएको हो ।


सम्बन्धित खवर

अन्तर्वार्ता