कोरोना निशुल्क उपचार र खाद्यन्नको उचित ब्यवस्था गर: गोबिन्द निरौला


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । नेपाल समाजवादी काङ्ग्रेसका अध्यक्ष गोबिन्द निरौलाले बर्तमान शासकीय सर्बसत्ताबादको कारण हामी नेपालीहरु जटिल मोडमा उभिनु परेको बताउनु भएको छ। शासकहरु निरङ्कुस भएको समयमा देश भित्र बिदेशी शक्तिहरुको हस्तक्षेप हुनु मुलुकको लागि शुभ सङ्केत होइन । २०६३ को असङ्बैधानिक कदम गलत थियोे । जुन उदाहरण पेश भइरहेकै छ । रास्ट्रप्रमुखको हत्या भएको बेला सिङ्गो देश फुटाएर नेपाल सङ्घिय राज्य भएको घोषणा गरिनु देश विघटन गर्ने योजना थियो हामी घोर भर्त्सना गर्दछौं । साथै मुलुकको सनातन धर्म संस्कृति समाप्त गर्नको लागी धर्म निरपेक्षताको घोषणा हुनुलाई घोर अपराध मानेका छौं । त्यसैले हामी चाहन्छौं कि देश बचाउनको लागी सङ्घियता र धर्म निरपेक्षता खारेज गरि राष्ट्रिय एकता कायम गरौं । साथै बिशेश अधिकार सहितको राजसङ्स्था समेतको क्रियाशिल आबश्यक छ, पार्टी द्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । बर्तमान अबस्थामा हामीहरुले जे देखिराखेका छौँ । देशको राजनीतिक अवस्था अतिवादी सर्वसत्तावादतिर उन्मुख भइरहेको छ ।

जनताहरु कोभिड 19 जस्तो महामारीबाट छ्टपटाइ रहेको समयमा शासकहरु भ्रस्टाचार र सत्ताको दाउपेचमा लाग्नु दु:खद कुरा हो । असफल सरकारको नेतृत्वलाई पुनः प्रधानमन्त्रीमा नियुक्त गर्ने कुरा घिनलाग्दो दाउपेच मान्नुपर्दछ । रास्ट्रपति समक्ष विनम्र अनुरोध छकी कुलीन मनसाय राखेर आज गठन गरिएको नेतृत्वको अतिवादी सरकार तत्काल विघटन गर्ने साथै देशको समस्या समाधानको लागी नेपाल समाजवादी काङ्ग्रेस सहितको सर्वदलीय सरकार गठन गर्न माग गर्दछौं । साथै त्यही सरकारले सहमति तयार गरेर देशमा देखिएको अस्थिरताको निकास निकाल्दछ । गरिव विपन्न जनताको लागी निशुल्क औषधि उपचारका साथै खाद्यान्नको उचित व्यवस्था गरियोस भनी माग गर्दछौं पार्टी अध्यक्ष गोबिन्द निरौलाद्वारा जारी प्रेस नोटमा उल्लेख गरिएको छ।


सम्बन्धित खवर

अन्तर्वार्ता