नेपाली जनता दलका युवा नेता चौधरीद्वारा राहत प्रदान


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ / नेपाली जनता दलका केन्द्रीय सदस्य तथा जय जनता मजदुर संघका केन्द्रयम अध्यक्ष्र श्रवण कुमार चौधरीले लकडाउनको समयमा दैनिकी ज्यालादारी गरि जिबिकोपार्जन गर्दै आइरहेका करिब ३५ जना मजदुरहरुलाई राहत बितरण गर्नुभएको छ।

 

कोभिड – १९ को दोस्रो चरण सगै काठमाडौं उपत्यकामा भएको लकडाउनले दैनिक ज्यालादारी गरेर कमाइखाने मजदुरहरुलाई बढि समस्या परेको भन्दै नेता चौधरीले उक्त राहत सामाग्री बितरण गर्नुभएको हो।

 

चौधरीले आफ्नै ब्यक्तिगत खर्चमा भिमसेनगोला सिनामंगल आसपासका मजदुरहरुलाई प्रति ब्याक्ती १० केजि चामल,नुन , दाल र ५-५ पिस सर्जिकल माक्स बितरण गरेका हुन् ।

 

राहत लिने मजदुरहरू भन्दै थिए,” सरकारले राहत दिन नसकेको अबस्थामा श्रवण जि ले थोरै भए पनि हाम्रो चुलो बालिदिनुभयो हामी असाध्यै खुशी छौ।”यता समस्यामा परेका मजदुरहरुलाई थोरै भएपनि राहत बाड्न पाउदा आफु खुशी रहेको नेता चौधरीले बताउनु भयो


सम्बन्धित खवर

अन्तर्वार्ता