युवा नेता रजकको पहलमा सप्तरीमा १००० घरमा कलधारा


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सप्तरी / नेपाली जनता दलको केन्द्रिय सदस्य रामबाबु रजकको संयोजनमा सप्तरी जिल्लाको सबै गाउँ पालिका तथा नगरपालिकामा गरिब असहाय को लागि  नेपाली जनता दलको केन्द्रीय सहयोग र सक्रियतामा केन्द्रीय सचिवालय नेता र यस खानेपानी योजनाका संयोजक  राम बाबू रजक तथा योजनाका ब्यबस्थपक तथा केन्द्रीय सह-सचिव एब्म प्रदेश सचिव राम बिलाश सदायद्वारा शुद्ध स्वच्छ सफा खानेपानी को बितरण र जडान कार्य आजै देखि शुरु गरेको छ।

सप्तरी जिल्लामा मात्रै १००० ट्वेल जडान गर्ने गरि गरिब निसाहाय निमुखा पिछडिएका बर्गहरुको लागि प्रत्यक्ष रुपले स्वास्थ्यमा फाइदा होस भन्ने उदेश्यले स्वस्थ मापदण्ड अनुरुप खानेपानी  कलको दुई सय फिट मुनि अथवा मानव जिबनको लागि उपयुुक्त आइरन सर्बे गरि जडान गर्न लागेको छु, भन्दै संयोजक रजकले जयजनतालाई बताए ।

 

हाल सम्म पच्चीस घरमा कल जडान गरिसकेको र दुई महिना भित्र सबै कल  जडान गरि सक्ने, नेपाली जनता दलका प्रदेश सचिव सदायले जानकारी गराए ।साथै त्यहाका बासिन्दा उत्साही भएको थियो ।


सम्बन्धित खवर

अन्तर्वार्ता