सर्जिकल माक्स वितरण गर्दै चौधरी


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । कोरोना संक्रमण तीव्र गतिमा फैलिरहेको छ । देशभरि लकडाउन चलिरहेको छ । लकडाउनको बीचमा पनि जनताको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै उपत्यकाको टोलटोलमा एक युवा दैनिक माक्स बाडिरहेका भेटिन्छन् ।

 

उनी नेपाली जनता दलको  केन्द्रिय सचिव तेजनारायण चौधरी हुन् । उनको यो लकडाउनको अवधि सर्जिकल माक्स बाडेर कटाइरहेका छन् । बिहानै उठ्नासाथ झोलाभरि माक्स लिएर निस्कन्छन् । दैनिक ५००० को संख्यामा सर्जिकल माक्स बाड्ने गरेको बताउँछन् ।

 

माक्स बाड्ने क्रममा भेटिएका असहाय तथा अशक्तका लागि राहत सामग्रीको समेत व्यवस्था गर्ने गर्दछन् उनी । लकडाउनले असामान्य स्थिति भएका श्रमजीवी मजदुरहरुलाई सहयोगीका साथमा राहत पनि वितरण गर्ने गर्दछन् ।


सम्बन्धित खवर

अन्तर्वार्ता