पञ्चेबाजा किङ मानिने मानवीरे दमाईको निधन


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रासस ; दैलेख । दैलेखमा पञ्चेबाजा र दाइने दमाहा बाजाका गुरु मानिने मानबिरे दमाईको निधन भएको छ । आठबिस नगरपालिका –१ का दमाईको ८८ वर्षको उमेरमा आज दिउँसो निधन भएको स्थानीयबासी दिपक नेपालीले जानकारी दिए । दमाई लामो समयदेखि दमको रोगबाट पीडित रहेका थिए । कुनै बेला कुनै गाउँमा पञ्चेबाजा, हुड्के नाचमा उनको माग हुने र उनको दमाहा बज्दा गाउँमा भीड नै लाग्ने गरेको थियो । ठुला घरमा विवाह उत्सवमा हुँदा प्रायः उनले नै बजाउँथे ।


सम्बन्धित खवर

अन्तर्वार्ता