नेकपा (माओबादी केन्द्र) सिन्धु -काठमाडौ सम्पर्क समन्वय समिती द्वारा बलेफी ७ मा स्वास्थ्य सामाग्री सहयोग 


सिन्धुपाल्चोक । नेकपा (माओवादी केन्द्र) सिन्धु-काठमाडौ सम्पर्क समन्वय समिती तथा बलेफी गाउँपालिका वडा नं ७ समिती ( मा. के.) को आयोजनामा एक कार्यक्रम,बिच स्वास्थ्य सामाग्री हस्तान्तरण सम्पन्न भएको छ।

सिन्धु -काठमाडौ सम्पर्क समन्वय समिती सचिवालय सदस्य तोक बहादुर गधराज ( तोकेन्द्र )को संयोजन मा भएको कार्यक्रम मा माओबादी केन्द्र का केन्द्रिय सदस्य माधव सापकोटा ( सुबोध) ,जनसाँस्कृतिक महासंघ का अध्यक्ष सरल सहयात्री , प्रदेश सदस्य अमृता नेपाल (प्रभा), नेपाल राष्ट्रिय बुद्धिजीवी संगठन केन्द्रिय सचिवालय सदस्य कृष्ण कोपिला ,प्रदेश सदस्य प्रताप लामा(संगम)गाउँपालिका सचिब (मा.के.) शंकर कार्की (मौषम) माओबादी केन्द्र बलेफी गाउँपाटी वडा इन्चार्ज गणेश बहादुर बि क लगायतको उपस्थितिमा बलेफी गाउँपालिका वडा नं ७ स्वास्थ्य चौकीमा स्ट्यान्ड सहितको पानीट्याङ्की ,रेफ्रेजेरेटर ,निबुलाईजर,अक्सामिटर ,थर्मल गन ,पि पि ई ,माक्स ,स्यानिटाईजर लागायतका स्वास्थ्य सामाग्री प्रमुख अतिथि सुबोध र विशेष अतिथि सरल सहयात्री बाट हस्तान्तरण गरिएको थियो ।

समितीले सरस्वती माबि र गोल्मा देवि आधारभुत बिध्यालय चिम्लिङ कोलागी सेनिटाईजर सहितको स्ट्यान्ड,थर्मल गन ,माक्स लगायतको स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरिएको थियो ।

सिन्धु -काठमाडौ सम्पर्क समन्वय समिती अध्यक्ष ठूलो बाबू श्रेष्ठ को विशेष पहलमा कमल गधराज ,केशव प्रसाद पराजुली ,थरी प्रसाद पराजुली ,बिबेक पराजुली,तार्जन चौधरी ,ग्यानेन्द्र नेपाल ,रवी महर्जन ,नारायण प्रसाद पौडेल शैलेश ठकुरी ,राजु कटुवाल ,कमल प्रसाद पौडेल ,बिस्वराम पराजुली ,लगाएत आयोजक पक्षको सहयोगमा ती सामाग्री हरु ब्यबस्थापन गरिएको कार्यक्रम संयोजक तोकेन्द्र गधराज ले बताउनु भयो ।

सोही स्थानमा कोरोना भाइरस को कारण मृत्यु भएका जय बहादुर नेपाली को घरमा पुगि समबेदना प्रकट गर्दै केही सहयोग प्रदान गरिएको कार्यक्रम आयोजक सदस्य तथ वडा ईन्चार्ज गणेश बहादुर बिक ले बताउनु भयो ।

आम नागरीकलाई अप्ठ्यारो पर्दा सहयोग गर्नु आफ्नो कर्तब्य भएकोले यस्तो कार्यमा सधै लागी रहनसबै पाटी पंतीमा केन्द्रीय सदस्य सुबोध ले आग्रह गर्नु भयो ।


सम्बन्धित खवर