पुग्यो जरो किलो महाअभियान धादिङको दलित बस्तीमा


  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धादिङ । जरो किलो महाअभियानले एक हजार भन्दा बढी मजदुर, विपन्न बर्ग र अशक्त परिवारहरुलाइ राहत तथा खाध्यान्न सहयोग गरिसकेको यश अभियानले धादिङ जिल्ला त्रिपुरासुन्दरी ६ आगिन्चोक गोलाङसम्म पुगेर दलित तथा विपन्न परिवारमा पुगेर राहत खाद्यान्न सहयोग गरेको छ। युगान्तर मिडियाको पहलकदमी र जरोकिलो महाअभियानको सहयोगमा उक्त राहत सहयोग कार्यक्रम गरिएको हो । विश्वमा विभिन्न मुलुक सहित नेपालमा पनि नयाँ भेरियन्त सहितको कोरोनाका कारण लकडाउनले जनजीवन अस्तव्यस्त बनिरहेको छ । जनताको स्वास्थ्यमा अस्तव्यस्त रहेको छ। तर राजनितीक दलहरू भने सत्ता लिप्सामा केन्द्रीय छन् । निशुल्क स्वस्थ्य उपचार छैन, जनतालाई राहत पनि छैन, यसबाट हामी दुखी छौँ । जरोकिलो महाअभियानका अभियान्ता अभिषेक जोशीले बताए । यसरी धादिङ सम्म आउनुपर्ने अवस्था आउनु राजनीतिक दलहरुको अकर्मण्यता र स्थानीय सरकार जनता प्रती उत्तरदायी हुन नसक्नुको परिणाम हो । यसमा हामी दुखी छौँ अभियान्ता जोशी बताउछन् । जनता प्रती राजनितीक दलहरु जिम्मेवार हुन नसक्नु विडम्बना भएको समेत सुनाए ।

 

कोरोनाले दैनिक जनजीवनमा गाउँ देखि शहरसम्म थप कष्टकर हुँदै गइरहेको अबस्थामा निस्वार्थ सेव्व गर्दै कुनै स्वार्थ नेहेरी देश समाज र जनताको सहयात्री बनेर जरोकिलो महाअभियानले सफलता पुर्वक आफ्नो भुमिका निभाइ रहेको छ। हाल अभियानको नाउँमा लूट मात्र मच्चाउन लागी रहेको अवस्थामा जरोकिलो महाअभियानले मजदुर, विपन्न र अशक्तहरुको साथी बनेर राहत तथा खाध्यान्न सहयोग गरिरहेको छ । यश महामारीमा जोखिम मोलेर खटिरहेका छौँ । राहत तथा खाद्यान्न सहयोगमा कम्तीमा एक महिना पुरै पुग्ने खाध्यान्न सहयोग गर्दै आएका छौँ । साथै अत्यन्त विपन्न परिवारलाई निरन्तर सहयोग गर्ने पनि अभियानको उद्देश्य रहेको हामीसङग कुरा गर्दै अभियान्ताहरु राजन अधिकारी र अमर परियारले बताए । हामीले मुख्यतः विहान बेलुका छाक टार्न मुस्किल परिवार र असक्तहरुलाइ राहत सहयोग गरेको समेत सुनाए । साथै केही दिनमै धादिङको चेपाङ बस्तीमा आउने योजना रहेको अभियान्ताहरुले सुनाए।

 

जरोकिलो महाअभियान राजनीतिको अलावा अध्यात्म र सनातन परम्परा, संस्कार र संस्कृतिको जगेर्नामा जोड गर्दै आएको छ । डा. निर्मल अधिकारीको नेतृत्वमा यश अभियान संचालित अभियान जरोकिलो प्रतिष्ठान नेपाल र मौलिक जरोकिलो पार्टी मार्फत उक्त अभियान सन्चालित रहेको छ।


सम्बन्धित खवर

अन्तर्वार्ता