चुम्बनलाई माया र प्रेमको संकेतका रूपमा लिईन्छ । चुम्बनले आत्मीयता बढाउने तथा प्रेमिल सम्बन्ध बनाउने काम गर्दछ । तर
चुम्बनका बेफाइदा पनि छन्। चुम्बन गर्दा मुख, जिब्रो सम्बन्धि रोगको खतरा रहन्छ।
संक्रमण सर्ने खतरा: चुम्बनका क्रममा पनि एक व्यक्तिबाट अर्कोमा संक्रमणको खतरा हुन्छ। शारिरीक सामिप्यतामा पनि संक्रमणको खतरा रहन्छ।
रुघाखोकी : रुघाखोकी लागेको व्यक्तिले अर्कोलाई चुम्बन गर्दा र्यालबाट सर्न सक्छ। रुघा लागेको बेला वा आफ्नो पार्टनरलाई रुघा लागेको छ भने चुम्बन नगर्नु नै बेस हुन्छ।
फोका वा ठेउला उठ्ने: ओठमा फोका वा ठेउला चुम्बनको माध्यमबाट सर्ने रोग हो ।
खटिरा: यो पनि एक सरुवा रोग हो, जुन चुम्बन तथा यौन सम्पर्कबाट पनि सर्न सक्छ ।
श्वासप्रश्वास सम्बन्धी समस्या : ज्वरो, दादुरा, फोक्सो सम्बन्धी रोगहरु चुम्बनको माध्यमबाट सर्न सक्छ।
गिजासम्बन्धी रोग: गिजामा कुनै संक्रमण छ भने यो चुम्बनको माध्यमबाट तपाइको पार्टनरमा सर्न सक्छ।