काठमाडौ । आजको दिनमा पनि जातकै आधारमा डेरा पाउन गाह्रो भएको खबर सुन्दा अचम्म लाग्न सक्छ । खुकुरिको धार अचानोलाइ मात्र थाहा हुन्छ । जुन हजारौं वर्ष देखि दलित समुदायले भोगिरहेका छन् । रुपा सुनार जो एक पत्रकार काठमाडौमा बसोबासको लागि डेरा त पाइन तर दलित भएकै कारण सो घरमा डेरा पाइनन । नेपाल समाजवादी काङ्ग्रेसको बुझाइ छकी, कारण हो, आरक्षण । घटनाले आफू ज्यादै दुखी भएको सामाजिक संजाल मार्फत बताएका छ्न ।
उनको भनाइ रहेको छ, बुझ्नुपर्ने कुरा के छ भने कामीको अर्थ सृष्टि कर्ता भन्ने भएकोले कामिहरु वास्तवम अछुत होइनन् । विश्वमा सबैभन्दा पहिले प्राचार्य (मेकानिक इन्जिनियर) गर्ने व्यक्ति जसलाई विश्वकर्मा बाबा भनेर पुजा गरिन्छ जो कामी हुन् । भगवान भनिन्छ र वहाँहरुलाई अर्पण गरेको प्रसादी सबै ब्राह्मणहरुले ग्रहण गर्दछ्न । अर्थात, दमाई, कामी र सार्की अछुत होइनन् । ब्राह्मण र क्षेत्री जस्तै आॠ समाज हुन् । जसलाई काॠ कौसलताको आधारमा वर्गीकरण गरिएको हो । बहिनी रुपा सुनारले भोग्नु परेको पिडामा हाम्रो पार्टी दुखी छ, म दुखी छु ।
जातकै आधारमा पत्रकार रुपा सुनारलाइ डेरा नदिनु निन्दनीय भएको भन्दै कार्वाहीको माग समेत गरिएको छ । सो घटनामा सङ्लग्न घरवेटि सरश्वती प्रधानलाई कार्वाहीको माग समेत गरेका छन् ।
इमेज टेलिभिजनमा कार्यरत पत्रकार सुनार असार १ गते कोठा खोज्दै बबरमहलस्थित प्रधानको घर पुगेकी थिइन् । कोठाको विषयमा कुरा मिलिसकेको थियोे तर प्रधानले रुपालाइ कुन जात भनेर सोधेकी थिइन् । रुपाले आफू कामीकि छोरी हु भनेपछि घरमा बुढी आमा हुनुहुन्छ, पुजापाठ गर्नुपर्छ, छोइछिटो हुन्छ भन्दै कोठा दिन असमर्थ भएको बताएकी थिइन् । जातकै आधारमा रुपाले कोठा पाउन सकिनन, पाइनन् । त्यसरी उनले महानगरीय प्रहरी वृत अनामनगरमा उजुरी दिइन । तिव्र दबाबका बीच घरबेटी प्रधानलाई पक्राउ गरि तीन दिन हिरासतमा राखिने बताइएको छ ।