नेपाल समाजवादी काङ्ग्रेसले सरकारबिरुद्ध आन्दोलन गर्ने


काठमाडौं / नेपाल समाजवादी काङ्ग्रेसले सरकारलाई लाचार र अपाडंग बताउदै सशक्त आन्दोलन गर्ने भएको छ ।

तस्करी र कालोबजारीले मुलुकलाई दुर्गन्ध बनाएको छ। सबै बिषय बारेको छलफल लाई लिएर आज २०७८ असार १० गत्ते नेपाल समाजवादी काग्रेसका अध्यक्ष गोबिन्द निरौलाको अध्यक्षतामा बसेको पार्टी केन्द्रीय समितिको बैठकले देशमा देखिएको बर्तमान अस्थिरता बारे गहन छलफल गर्दै उद्योग र उत्पादन बिना देशको अस्तित्व संरक्षण हुन नसक्ने निष्कर्ष साथ निकासको निम्ति संघियता र धर्मनिरपेक्षताको खारेजी अनिवार्य भएको, त्यसको निम्ति राष्ट्रिय नागरिक आन्दोलनको बिकल्प नरहेको कुरा सर्बसम्मत निर्णय निकालेको छ ।

यही असार १५ गत्ते दिनको १ बजे काठमाण्डौको रत्नपार्क शान्तिबाटिका बाट आन्दोलनको घोषणा गर्ने निर्णय गरेको छ। आन्दोलन त्यस समय सम्म जारी रहन्छ जवसम्म देशमा प्रजातन्त्र, हिन्दुराज्य र राजसंस्थाको स्थापना हुदैन।

पार्टीले अघिसारेको संबैधानिक प्रजातन्त्र, हिन्दुराज्य, स्थानिय श्वशासन, समाजवादी अर्थनीति, विशेष अधिकार सहितको राजसंस्था,भन्ने बिषयहरु देशको निम्ति महत्वपुर्ण रहेका, र त्यसलाई आत्मसाथ गरेर आन्दोलनमा सहभागी हुन आउने सबै संघसंस्था, राजनीतिक दल,तथा धार्मिक संस्कृतिक संगठनहरु,सबैलाई सहभागी गराउन प्रतिबद्ध छ र आवहान गर्दछ। संचारकर्मी सहित सबै नेपाली जनताहरुमा बिनम्र अनुरोध गर्दछ निर्णय गरेको छ। साथ र सहयोग गर्न आवहान गर्दछ। पाार्टी अध्यक्ष गोबिन्द निरौला द्वारा जारी  विज्ञप्त्तिमा भनिएको छ ।


सम्बन्धित खवर