काठमाडौं बबरमहलमा रूपा सुनार र सरस्वती श्रेष्ठबीचको कोठा भाडा विवाद पछि सिर्जना भएको जातीय विभेदको घटनाका कारण देशभरि दलित समुदाय आन्दोलनरत छन् ।
त्यसमाथि शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ घरबेटी सरस्वती श्रेष्ठलाई लिन प्रहरी चौकी मै पुगेपछि यो घटनामा आगोमा घ्यू थपिए जस्तै भयो । काठमाडौं को माइतीघरमा दिनहूँ प्रदर्शन भइरहेकै छ ।
बुटवल , दाङ,गोर्खा , धादिङ , तनहुँ लगायतका जिल्लामा आन्दोलन अझै रोकिएको छैन । आज यही कममा पोखरामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जना पक्राउ परेका छन् ।
शिक्षा मन्त्री श्रेष्ठले जातीय विभेद गरेको आरोप लगाउँदै पोखराको मानवअधिकार चोकमा उनको पुत्ला दहन गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नेत्र चापागाईँ, ईश्वर नेपाली, र रेशम सापकोटा रहेका छन् ।
चापागाईँ समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष हुन । सापकोटा केन्द्रीय सचिव हुन् ।
नेपाली मोर्चाका नेता हुन । रुपा सुनार लगायत सम्पूर्ण जातीय विभेदका घटना र मन्त्री श्रेष्ठको विरुद्धमा जात व्यवस्था उन्मूलन मोर्चाले विरोध प्रदर्शन गरेको जनाइएको छ ।