दाङका चालिस घरपरिवारलाई नुवाकोटका युवाहरुको राहत


काठमाडौं । काठमाडौंमा विभिन्न पेशा व्यवसाय गरिरहेका युवा समाजसेवीहरुको सहयोगमा नुवाकोट युवा समाजले दाङ जिल्लाको तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।

नुवाकोट युवा समाजले काठमाडौंमा विभिन्न सहयोगी व्यक्तिहरुसंग सहयोग उठाएर उक्त क्षेत्रमा रहेको विपन्न परिवारहरुलाई खाद्यान्न सहयोग गरेको युवा व्यवसायी तथा समासेवी अभिषेक कार्कीले जानकारी दिए ।

उनका अनुसार उनीहरुले काठमाडौंमा रहेको अन्य पेशा व्यवसाय गरिरहेका व्यक्तिहरुसंग सहयोग उठाएर दाङको सातकुलेमा रहेको आर्थिक विपन्न, अपांग, एकल महिला, भूमिहिन सुकुम्बासी तथा दैनिक ज्याला मजदुरी गरेर खाने ४० घर परिवारभन्दा बढीलाई खाद्यन्न सहयोग गरेको बताए ।

उक्त क्षेत्रमा रहेको विपन्न परिवारहरु कारोनाको कारण गरिएको निषेधाज्ञाको कारण समस्यामा परेको जानकारी पाएपछि सुवास डंगोल, श्याम थापा मगरलगायत साथीहरु जम्मा भएर सहयोग संकलन गरी उक्त क्षेत्रमा लगेर वितरण गरिएको कार्कीले बताए ।

 

प्रत्येक परिवारलाई एक बोरा चामल, एक काटुन चाउचाउ, २ प्याकेट तेल, २ प्याकेट नुन, २ केजी दाल, २ प्याकेट भुजिया, साबुन ४ वटा र माक्स २ प्याकेटको दरले ४० भन्दा बढी परिवारलाई वितरण गरिएको कार्कीले बताए ।


सम्बन्धित खवर