राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको नियुक्ति सन्दर्भमा शेरबहादुर देउवा असन्तुष्ट – छलफलका लागि शीतल निवासमा


सर्वोच्च अदालतले काङ्ग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिको परमादेश संगै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गरेको सूचना टाँस भए लगतै विवाद उत्पन्न भएपछि सपथ ग्रहणमा ढिलाई भएको छ।

सभापति शेरबहादुर देउवा राष्ट्रपति भवन शीतल निवासमा  पुगेर उनले शपथ विवादबारे छलफल गरिरहेका छन् ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको पत्रमा संविधानको कुरा धारा अनुसार नियुक्त गरेको भन्नेबारे नखुलाएपछि असन्तुष्ट बनेका देउवाले छलफल थालेका हुन् ।
उनले नियुक्ति नसच्चिएसम्म शपथ नलिने बताएका छन् । देउवाले यसबारे मुख्यसचिवलाई बूढानीलकण्ठस्थित निवासमा समेत बोलाएर असन्तुष्टि पोखेका थिए ।
आफू नेपाली काँग्रेसको संसदीय दलको नेताको रूपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने देउवाको जिकिर छ ।

सम्बन्धित खवर