नेपाली जनता दलको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


१ साउन ,काठमाडौं / नेपाली जनता दलको पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीको केन्द्रीय कार्यलय अनामनगरमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्र तथा समुदायका करिब एक दर्जन नेपाली जनता दलमा आबद्ध भएका थिए । नवप्रवेशी सम्पूर्णमा पार्टीका वरिष्ठ उपाध्यक्ष रघु परियारले पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो ।

भारत पटनाबाट आउनुभएका बुद्धिजीवी जगन्नाथ महतो , द्वन्द्वपीडित संगठनका संयोजक एवं प्रदेश नं १ का पदम लावती , पार्टी अध्यक्ष एवं पूर्वसांसद हरिचरण शाह , वरिष्ठ उपाध्यक्ष रघु परियार , संगठन विभाग प्रमुख याम जीसी , सचिव तेजनारायण चौधरी लगायतले बोल्नुभएको थियो । नवप्रवेशीका तर्फबाट  हरिशङ्कर भुजेलले नेपाली जनता दल मात्र युवाहरुको रोजाइ हुनसक्ने हुँदा आज आफू नेपाली जनता दल प्रवेश गरेको बताए ।


सम्बन्धित खवर