स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति सार्वजनिक गर्दै खोप कार्यक्रम स्थगन भएको जानकारी दिएको हो।
स्वास्थ्य कार्यालय, काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काका अनुसार भेरोसेल खोपको मौज्दात सकिएपछि कार्यक्रम स्थगित गरिएको हो।
असार २९ गतेदेखि सुरु भएको अभियान साउन २ गतेदेखि भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम स्थगन भएको उनको भनाइ छ।